महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको १ नम्बर वडाका ५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।

बुधवार एक कार्यक्रमकाबीच उनीहरुलाई एमाले नेता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले स्वागत गरेका छन्।


कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा मोहन भट्ट, चक्रदेव भट्ट, मानबहादुर पुजारा, सुरज पुजारा र बिरु बन रहेका छन्।

चुनावको मिति नजिकिँदै गर्दा ३ नम्बर क्षेत्रमा एमालेले प्रचारप्रसार तीव्र पारेको छ ।






