अहिले झोलुङ्गे पुल तरेर आँए, अर्काे पल्ट मोटर चढेर भोट माग्न आउनेछु’ : उम्मेदवार लेखक


दोधारा चाँदनी । २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुगेका थिए । चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा त्यहाँ स्थानीयलाई सुनाए ।

‘२०७० सालमा यहाँ भोट माग्ना आउँदा किस्ती चढेर जोगबुढा तरेर आवत जावत गर्दा तपाईहरुले झोलुङ्गे पुल माग गरेको सम्झना छ ।’ प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहेका नेता लेखकले भने– ‘मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउदैनाैं भनेको थिए, आज हामी त्यहीं बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।’

उनले महेन्द्रनगरबाट दोधारा चादँनी आवातजावत गर्न विगतमा महाकाली नदीमा पुल नहुँदा जुनखालको समस्या थियो सोही समस्या सुन्दरनगरबासीलाई दोधारा चादँनीसित जोडिने गाह्रो रहेको स्मरण गराए । ‘तपाईहरुले झोलुङ्गे पुल भन्नुभएको थिए मैलो बनाए अब आउँदा पाँच बर्ष पछिको निर्वाचनमा यहाँ जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउनेछु ।’ लेखकले भने– ‘जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बजेट हालेर बनाए तर अहिले एमालेहरु भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु ।’

स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रुपमा देखिएको बताउँदै उनले भारतसित उत्तर–पश्चिममाको सीमा शुन्य बिन्दुदेखि वडा ३ सम्म तटवन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताए । ‘२०७४ मा बेलबहादुर राना जी र म चुनाव हार्दा त्यो तटवन्ध निर्माण पनि त्यही रोकियो ।’ उनले भने– ‘मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस, कुतियाकवर सम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।’


ताजा समाचार

spot_img