समृद्धि र बिकासको एजेण्डा लिएर दोधारा चाँदनीको घरदैलोमा बिपी काग्रेंसका उम्मेदवार शाही


दोधारा । दोधारा चाँदनी नगरपालिकामा करुवा चुनाव चिन्ह लिएर कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही घरदैलोमा ब्यस्त छन् । बिपी काग्रेंसबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही यतिबेला दोधारा चाँदनी नगरपालिकाक घरदैलोमा चुनाव अभियानमा छन् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाबाथान बजारमा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरि घरदैलो अभियानमा आफ्नो नेता तथा कार्यकर्ता संग घरदैलोमा ब्यस्त छन् । दोधारा चाँदनी नगरपालिकामा धन बहादुर शाही नेकपाली काग्रेंसको चर्चित नाम हो ।

बहुदलीय व्यवस्थाको सुरुआत देखि कांग्रेसमा सक्रिय रहेका शाहीले तत्कालीन दोधारा गाँउ विकास समितिको पार्टी सभापति भएर १७ वर्ष कांग्रेस हाँकेका हुन् तर आसन्न प्रदेश सभा निर्वाचनमा उनी कांग्रेस परित्याग गरि कांग्रेस बीपीबाट उम्मेदवार भएका छन् । ६९ वर्षीय शाही दोधारा चााँदनी नगरपालिका–९ का स्थायी वासिन्दा हुन् । गएको स्थानिय निर्वाचनमा शाहीले स्वतन्त्रबाट उपमेयरको उम्मेवारी दिने तयारीमा देखिए । नेपाली काग्रेंसमा रहदा आफुलाई अवहेलाना गरेको गुनासो उनिमा छन् । लामो पार्टीमा रहेर काम गरेका धन बहादुर शाही बिगत केही वर्ष देखि नेपाली काग्रेंसमा असन्तुष्ट देखिएदै आएका थिए ।

उनले प्रदेश सभा ३ (ख) बाट उम्मेदवारी पाए संगै अहिले उनी आफ्नो चुनावी प्रचारप्रसारमा छन् । उनी कांग्रेस बीपीको चुनाव चिन्ह करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा जुटेका छन् । नेपाली कांग्रेस भित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाखा लगाउने परिपार्टी हावी भएको कारण बिगत लामो समय देखि पार्टीमा योगदान गर्दा गर्दै छाड्नुपरेको पिडा उनिमा छ् ।

‘पार्टीका लागि निस्वार्थ लाग्ने माथी जहिल्यै भेदभाव मात्रै भयो,’ धन बहादुर शाहीले भने, ‘यस क्षेत्रका नेताहरुले पनि बुझ्न सकेनन् ।’ शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुदै २०४९ देखि २०६६ साल सम्म दोधारा गाँकउ विकास समितिको पार्टी सभापति भएका हुन् । २०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए । उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाँउ पञ्चायतका उप–प्रधानपञ्च पनि भएका थिए ।


ताजा समाचार

spot_img