दोधारा चाँदनीको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन मेयर लिम्बुको पहल (फोटो फिचर)

दोधारा । तिहार र छठ चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने तथा सिमावर्ती भारतिय बजारबाट किनमेल गरि आवत जावत गर्ने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ् । आज बिदाको दिन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सिमा क्षेत्रमा दोधारा चाँदनीबासीको सहजताको लागी दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवालको नजिक नेपाल–भारत सिमा क्षेत्रमा स्थित भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाटको सुरक्षा क्याम्पमा पुगेर छलफल चलाएका छन् । चाडपर्वमा सिमा क्षेत्रमा नेपालीहरुको आवत जावत बढी हुने हुदा सिमा क्षेत्रमा नेपालीहरुको असुरक्षित हुनेसक्ने हुदा भारतिय सिमा सुरक्षा बल (एसएसबी) को ध्यानकेन्द्रीत गराईएको छ् ।

‘चाडपर्वका बेला सीमा क्षेत्रमा नेपालीहरु लुटिने र ठगिने क्रम भएका बिगतका घटनालाई मध्यनजर राख्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकाय संग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका हौं’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने । भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाटको सुरक्षा पोष्टको छलफल कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, स्थानिय शिक्षा बिद् श्रीनाथ बराल, सशस्त्र प्रहरी सिमा सुरक्षा बल दोधारा चाँदनी, देबिस्थानका बरिष्ठ हवल्दार महेश भट्ट, भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट, उत्तराखण्डका ईन्चार्ज अच्युत चेलिङ लगाएत स्थानियको उपस्थिती रहेका थियो ।

चाँड पर्वको बेला सिमावर्ती भारतिय बजारमा स्थानियहरु किनमेलको लागी सिमा क्षेत्रमा आवत जावत हुने हुदा भारतिय पक्षबाट बिनासित्तै सताउन काम रोक्न पनि दोधारा चाँदनीका मेयर लिम्बुले भारतिय सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका छन् । सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी रोक्न समेत दुबै देशको सुरक्षा अधिकारीहरु सतर्क रहनु पर्नेमा दोधारा चाँदनीको मेयर लिम्बुले जोड दिएका छन् । स्थानिय स्तरमा दुई देश बिचको सीमा सुरक्षा समन्वय बैठकमा चाडपर्वका बेला घर फर्किने तथा सिमावर्ती भारतिय बजार गएर किनमेल गर्ने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट, उत्तराखण्डका ईन्चार्ज अच्युत चेलिङले प्रतिबद्धता व्यक्त गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताएका छन् ।

सिमा क्षेत्रमा हुने जंगली हात्तीको आतंक रोक्न तथा स्थानियको धनमालको सुरक्षा दिन भारतिय सुरक्षाकर्मीले सहयोग गर्ने बताएका छन् । ‘सिमा क्षेत्रलाई दुबै देशका सुरक्षाकर्मीले मिलेर शान्ती बनाउनु आवश्यक छ्’ भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट, उत्तराखण्डका ईन्चार्ज अच्युत चेलिङले भने । त्यसको लागी आफुहरु तयार रहेको उनले बताए । सिमा क्षेत्रमा दुबै देशको सुरक्षाकर्मी, जनप्रतिनिधी, स्थानियहरुको यस्ता बैठक निकै फलदायी रहने भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट, उत्तराखण्डका ईन्चार्ज अच्युत चेलिङले बताएका छन् ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउदै लैजाने, सिमा क्षेत्रमा अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुबै देशका सुरक्षा निकाय बिच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदन प्रदान गर्ने छलफल गरिएको बताईएको छ् । सिमा क्षेत्रमा बेलाबखत हुने अपराधिक गतिबिधीले दुबै देशको सम्बन्धलाई नराम्रो असर पर्ने हुदा यस्ता स्थानिय स्तरमा सिमा बैठक निकै पलदायी रहने बताईएको छ् । दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुको पहलमा सिमा क्षेत्रमा हुने अशान्ती रोक्न पहल भईरहेकोमा स्थानियहरुले मेयर लिम्बुको प्रशंसा गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds