लालटिन चुनाव चिन्ह लिएर स्वतन्त्रका उम्मेदवार कुमाल घरदैलोमा


दोधारा । दोधारा चाँदनीमा स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल लालटिन चुनाव चिन्ह लिएर मतदाता संग भेटमा निस्केका छन् । दोधारा चाँदनी नगरपािलकाको बिभिन्न स्थानमा कञ्चनपुर क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल आफ्नो निर्वाचन चुनाव चिन्ह लालटिन लिएर स्थानियहरुको घरदैलोमा पुग्न थालेका छन् । दोधारा चाँदनी नगरपालिकामा स्थानिय निर्वाचनमा उम्मेदवार कुमालले स्वतन्त्र समुह गठन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ३ वडामा समेत स्थानिय मतदाताहरुलाई भेट गर्न पुगेका छन् । उनले दोधारा चाँदनी– ४ मा निर्वाचन प्रचार प्रसारका लागि सम्पर्क कार्यालय खोलेका छन् । कञ्चनपुर ३ ‘ख’ को प्रदेश सभा उम्मेदवारी दिए संगै दोधारा चाँदनी नगरपालिका ४ चाँदनी बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी राजनीतिक गतिबिधि बढाएका छन् ।

निर्वाचित प्रदेश सभाका सदस्यहरुको कारणनै प्रदेश सभाको खारिजीको माँग उठदै गएको बताउादै उम्मेदवार कुमालले प्रदेश सभामा राम्रा व्यक्ति गएमा प्रदेश सभालाई पनि राम्रो र जनमुखी बनाउन सकिने बताएका छन् । स्थानिय निर्वाचनमा दोधारा चाादनी नगरपालिकामा मेयर, उपमेयर र सबै वडामा उम्मेदवार उठाएर स्वतन्त्र समूह गठन गरेको दोधारा चाँदनी नगरपालिकामा सामाजसेवीका नाममा परिचित छन् ।

कोरोना संक्रमणको बेला पिडामा रहेका स्थानिय, स्थानिय सरकार, स्थानिय प्रशासन तथा स्वास्थ्यकर्मीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा आर्थिक लगाएत सहयोग गरेका थिए । यस पल्ट संघिय निर्वाचनमा स्वतन्त्र समुहबाट कञ्चनपुर ३ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारकोरुपमा उम्मदेवारी दिएका छन् । स्थानिय निर्वाचनको मत संख्या र जनताहरुको मायाको कारण आफुले यस पटक उम्मेदवारी दिएको बताएका छन् । यस पटक प्रदेश सभामा आफ्नो जित पक्का भएको दाबी गरेका छन् । उनि र उनले नेतृत्व गरेको स्वतन्त्र समुह स्थानियहरु संग भेटघाटमा व्यस्त छन् ।


ताजा समाचार

spot_img