दोधारा । स्थानिय पाठ्यक्रम बनाउन दोधारा चाँदनी नगरपालिका सक्रिय देखिएको छ् । केही दिन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा अवलोकनमा पुगेका थिए । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी लगाएत टोलीले सिमा क्षेत्रमा रहेको पिल्लर र सिमा क्षेत्रको अवस्थाको बारेमा अवलोकन गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले नगर क्षेत्रमा स्थानिय पाठ्यक्रम निमार्ण गरि बिद्यालयहरुमा लागु गर्ने तरखरमा जुटेको छ् ।


पाठ्यक्रम भित्र स्थानिय पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानविय मुल्यमान्यता र कुरितिहरु, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदाहरु, प्रकोप तथा विपद्, खुला सिमाना अवसर र चुनौती, स्थानिय व्यक्तित्व तथा संघ–संस्थाहरु विषयवस्तु रहने छन् । खुला सिमाना अवसर र चुनौती बिषयको पाठ्यक्रम निमार्णको निम्ती अध्यन गर्न आज दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशीको एक टोली दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा पुगेको हो । टोलीले कञ्चनभोज नजिकै रहेको सिमा स्तम्भ नं. ७९७/१, ७९७/२, ७९७/३, ७९७/४ र १५ नम्वरको जंगे पिल्लरको अनुगमन गरेको हो ।


अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय्, लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानध्यापक काशीराम जोशी, स्थानिय शिक्षा बिद् श्रीनाथ बराल, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी, कञ्चनभोजका सई नवराज खड्का, बाबाथान प्रहरी चौकीका असई चक्र सिंह, भारतिय सिमा सुरक्षा बल (एसएसबी) बिओपी सिसैया, उत्तराखण्डका ईन्चार्ज जितेन्द्र कुमार नेगी लगाएको सहभागिता रहेको थियो । स्थानिय स्तरमा रहेका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानिय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भईरहेको बताईएको छ् ।


खुला सिमाना अवसर र चुनौती बिषय स्थानिय पाठ्यक्रममा समावेश गर्नु पर्ने भएको हुादा दोधारा चाादनीको नेपाल–भारतको दशगजा क्षेत्रमा पिल्लरको अवस्थाको बुझ्न अवलोकन गरिएको हो । एक सय पूर्णाङको सो पाठ्यक्रममा स्थानिय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचान लगाएत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक निर्माण गरिने शिक्षाबिद् बरालले बताए । निमार्ण गरिने पुस्तकको नाम ‘हाम्रो दोधारा चाँदनी’ रहने बताईएको छ ।






