दोधारा चाँदनीमा प्रहरीद्धारा अबैध समान बरामद


दोधारा । दोधारा चाँदनी नगरपालिकामा अबैधरुपमा सिमावर्ती भारतिय बजारबाट भित्र्याएको प्रहरीले हार्डवेयरका समान बरामद गरेको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ पक्की पुल नजिकबाट सिमावर्ती भारतिय बजारबाट भन्सार छली ल्याएको बेवारिसे झण्डै रु. ३४ हजार मुल्य बराबरको हार्डवेयरका समान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको बिशेष टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । बरामद हार्डवेयरका समानलाई भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img