दोधारा चाँदनीमा बिपी काग्रेंसले खोल्यो सम्पर्क कार्यालय : घर दैलो कार्यक्रममा तिब्रता दिने


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा बिपी काग्रेंसले आफ्नो सम्पर्क कार्यालयको उद्धघाटन गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाबाथान बजारमा बिपी काग्रेंसले आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको प्रचार प्रसारलाई तिब्र बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ् ।

आज बिहान बिधिवतरुपमा बिपी काग्रेंसले सम्पर्क कार्यालयको उद्धघाटन गरेको हो । उद्धघाटन सत्रमा बिपी काग्रेंसका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही, विपी काग्रेंस शुदुरपश्चिम प्रदेश कमिटि उपसभापती मान बहादुर चन्द, बिपी काग्रेंसका नेता गणेश दत्त जोशी, नारायण प्रसाद बराल, बलदेव साँउद लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाहीले बताएका छन् ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही बिजय बनाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिने बताईएको छ् ।


ताजा समाचार

spot_img