दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेको सयुक्त निर्वाचनत सम्पर्क कार्यालय स्थापना गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ पशुपती टोलमा आज बिधिवतरुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेको सयुक्त निर्वाचनत सम्पर्क कार्यालय स्थापना गरिएको एक कार्यक्रमको बिच घोषणा गरिएको छ् ।


सयुक्त सम्पर्क कार्यालय उद्धघाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ का सयुक्त उम्मेदवार निरुपाल, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमालेका नेता तथा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर चिनी ओझा गिरी, जिल्ला कमिटि उपसचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटि सदस्य खिमा चन्द, सरोज चन्द, ओंम बस्नेत, नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष हरिसिंह धनाडी रहेका थिए भने राप्रपाका नगर अध्यक्ष बिर बहादुर शाह, दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडाध्यक्ष बिक्रम चन्द, राप्रपा शुदुपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा दोधारा चाँदनी नगर सदस्य देब दत्त भट्ट, प्रमानन्द भट्ट लगाएत दुबै दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।


कञ्चनपुर ३ मा एमाले र राप्रपा चुनावी तालमेल गरी चुनावी मैदानमा गएका छन् । प्रतिनिधी सभा सदस्यमा एमालेका पाल र प्रदेशका दुई मध्ये (क) मा राप्रपाका जोशी र ‘ख’ मा एमालेका विष्ट उम्मेदवार छन् । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु निर्वाचनमा एक ढिक्का भएका प्रचार प्रसार लाग्ने प्रतिबद्ध भएका छन् । दोधारा चाँदनी – १ मा दुबै दलका सयुक्त कार्यालय खोलिए संगै चुनावी गतिबिधी बढ्ने भएको छ् ।


निर्वाचनका उम्मेदवार निरु पाल र सुरेन्द्र बिष्टले यस पटक निर्वाचनमा जनताले सहि मुल्यांकन गरि सुर्यमा भोट दिने पक्का भएको बताएछन् । सुर्य पश्चिम दिशाबाट उदाउने दाबी उम्मेदवारहरुको छ् । आजै उम्मेदवारहरुले घरदैलो कार्यक्रम संचालन गरेको बताईएको छ् । देशको समृद्धि र बिकासको लागी नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई भोट हाली बिजय बनाउन अपिल गरिएको छ् ।






