स्थानिय पाठ्यक्रम निमार्णको लागी दशजगा क्षेत्रको अवलोकनमा दोधारा चाँदनीका मेयर लिम्बु

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत दशगजा क्षेत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थलगत अवलोकन गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले निमार्ण गर्ने तयारी गरेको आधारभूत कक्षा १– देखि ८ सम्मको स्थानिय पाठ्यक्रम निमार्णको बिषय बस्तु संकलनको लागी आज दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको दशगजामा रहेको सिमा स्तम्भको अवलोकन गरेका छन् । अवलोकन क्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, स्थानिय शिक्षा बिद् श्रीनाथ बराल, पत्रकार पप्पु गुरुङ्ग, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक प्रविन फुर्‍याल, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (बैलबन्द) का सई प्रेम चन्द, भारतिय सिमा सुरक्षा बल (एसएसबी) का एसआई मदन सिंह रौतेला रहेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अथक प्रयासमा स्थानिय पाठ्यक्रमलाई निमार्ण पछि कार्यान्वयनमा ल्याउने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाले जनाएको छ् । स्थानिय स्तरमा रहेका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानिय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ बैलबन्द देखि सिमा पिल्लरहरुको अवस्थाको बारेमा अवलोकन गरिएको स्थानिय शिक्षा बिद् श्रीनाथ बरालले जनाएका छन् । खुला सिमाना अवसर र चुनौती बिषय स्थानिय पाठ्यक्रममा समावेश गर्नु पर्ने भएको हुदा दोधारा चाँदनीको नेपाल–भारतको दशगजा क्षेत्रमा पिल्लरको अवस्थाको बुझ्न अवलोकन गरिएको बताईएको छ् ।

एक सय पुर्णाङको सो पाठ्यक्रममा स्थानिय संस्कृति, जनजिवन, भूगोल, मौलिक विशेषता, पहिचान लगाएत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक निर्माण गरिने शिक्षा बिद् बरालले बताएका छन् । निमार्ण गरिने पुस्तकको नाम ‘हाम्रो दोधारा चाँदनी’ रहने बताईएको छ् । स्थानिय पाठ्यक्रम निमार्ण समितिको संयोजकमा शारदा सरस्वती माध्यमिक बिद्यालयका शिक्षक सर्वजित बुढा रहेका छन् । यस्तै सदस्यहरुमा जनज्याती माध्यमिक बिद्यालयका श्रीनाथ बराल, लक्ष्मी माध्यमिक बिद्यालयका काशिराम जोशी, कमलशा आधारभुत बिद्यालयका मदन राज गिरी, भानु माध्यमिक बिद्याललयका धर्मराज पण्डित, शंकर पार्वती माध्यमिक बिद्यालयका लक्ष्मी दत्त भट्ट, ओंमकार आधाभुत बिद्यालयका दिपक चन्द्र ओझा, शुदुरपश्चिम स्कुलका प्रभुराज बिष्ट र पशुपती आधारभुत बिद्यालयका गोकुल देब बिष्ट रहेका छन् ।

पाठ्यक्रम भित्र स्थानिय पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानविय मुल्यमान्यता र कुरितिहरु, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदाहरु, प्रकोप तथा विपद्, खुला सिमाना अवसर र चुनौती, स्थानिय ब्यक्तित्व तथा संघ–संस्थाहरु बिषय बस्तु रहने छन् । दोधारा चाँदनी नगरपालिकामा २० संस्थागत २२ सामुदायिक विद्यालय रहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds