बाबाथानमा रामलिला नाट्य श्रंखला समापन : देबिस्थानमा संचालन क्रममा

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन रामलिला सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाबाथानमा जारी रामलिला मञ्चन हिजो सम्पन्न भएको छ् । हिजो राती बिधिवतरुपमा रामलिला नाट्य श्रंखलाको समापन गरिएको आयोजक संस्था आदर्श रामलिला समितिले जनाएको छ् ।

रावणको बध संगै रामलिला समाप्त भएको हो । बिगत लामो समय देखि दशैको सेरोफेरोमा संचालन हुने रामलिला नाट्य श्रंखलाले साँस्कृतिक, धार्मिक, सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा सहयोग पुऱ्याउने अपेक्षा राखिएको हो । हिजो एक कार्यक्रमको बिच रामलिला मञ्चन समापन भएको हो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, नगर प्रबक्ता ओंम बस्नेत, वडाध्यक्ष, सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधी, संघ–संस्था, भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ३ देबिस्थानमा रामलिला जारी रहेको छ् । देबिस्थानमा प्रचण्ड चण्डी बिकास नेपालको आयोजनामा हिन्दुहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीको पावन अवसरमा संचालन भएको रामलिलाका निर्देशन भिमराज पन्त रहेका छन् । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने अपेक्षा राखिएको छ् ।

ताजा समाचार