स्वतन्त्र समुहका उम्मेदवार कुमालले खोले दोधारा चाँदनीमा सम्पर्क कार्यालय


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले निर्वाचन सम्पर्क कार्यालय खोलेका छन् । कञ्चनपुर ३ ‘ख’ को प्रदेश सभा उम्मेदवारी दिए संगै दोधारा चाँदनी नगरपालिका वडा नं. ४ चाँदनी बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि राजनितिक गतिबिधी बढाएका छन् । आज चाँदनी नगरपालिका– ४ चाँदनी बजारमा बिधिवतरुपमा स्वतन्त्र समुहको सम्पर्क कार्यालयको उद्धघाटन गरिएको उम्मेदवार भिम कुमालले जानकारी दिएका छन् ।

सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै उम्मेदवार भिम कुमालले कञ्चनपुर ३ ‘ख’ को समग्र बिकासको निम्ती आफ्नो उम्मेदवारी रहेको बताएका छन् । निर्वाचित प्रदेश सभाका सदस्यहरुको कारणनै प्रदेश सभाको खारिजीको माँग उठदै गएको बताउदै उम्मेदवार भिम कुमालले प्रदेश सभामा राम्रा ब्यक्ती गएमा प्रदेश सभालाई पनि राम्रो र जनमुखी बनाउन सकिने बताएका छन् । गएको स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा मेयर, उपमेयर र सबै वडामा उम्मेदवार उठाएर स्वतन्त्र समुह गठन गरेको भिम कुमालले दोधारा चाँदनी नगरपालिकामा सामाजसेवीको नाउले प्रख्यात ब्यक्ती हुन् ।

कोरोना संक्रमणको बेला पिडामा रहेका स्थानिय, स्थानिय सरकार, स्थानिय प्रशासन तथा स्वास्थ्यकर्मीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा आर्थिक लगाएत सहयोग गरेका थिए । यस पल्ट संघिय निर्वाचनमा स्वतन्त्र समुहबाट कञ्चनपुर ३ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारकोरुपमा उम्मदेवारी दिएका छन् । स्थानिय निर्वाचनको मत संख्या र जनताहरुको मायाको कारण आफुले यस पटक उम्मेदवारी दिएको बताएका छन् ।

यस पटक प्रदेश सभामा आफ्नो जित पक्का भएको दाबी गरेका छन् । उनि र उनले नेतृत्व गरेको स्वतन्त्र समुह स्थानियहरु संग भेटघाटमा ब्यस्त रहेका छन् । सम्पर्क कार्यालय उद्धघाटन सत्रमा स्वतन्त्र समुहका नेता भक्त बहादुर सुनार, पार्वती सुनार, शान्ता क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।

 


ताजा समाचार

spot_img