उम्मेदवार पाल र बिष्टले कुतियाकवर बस्तीबाट सुरु गरे निर्वाचन लक्षित भेटघाट


दोधारा चाँदनी । नेकपा एमालेका नेताहरुले निर्वाचन लक्षित स्थानियहरु संग भेटघाट दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्ती कुतियकवर बस्तीबाट सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीबाट नेकपा एमालेका उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्ट लगाएत नेताहरुले निर्वाचनलाई लक्षित गर्दै स्थानियहरु संग भेटघाट अभियान सुरु गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा स्थानियबासी सम्मलित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले निर्वाचन लक्षित स्थानियहरु संग भेटघाट अभियान कुतियाकवर बस्तीबाट सुरु गरेको घोषणा गरेका छन् । कुतियकवर बस्ती दोधारा चाँदनी नगरपालिकाको दुर्गम, बाढीग्रस्त साथै नेपाल–भारत संग सिमा जोडिएको बस्ती हो ।

दोधारा चाँदनी नगरपालिकाको समृद्धि र बिकासमा नेकपा एमालेको महत्वपुर्ण भुमिका रहदै आएको भेटघाटमा बताईएको छ् । कुतियाकवर बस्तीमा बाढीले दिएको विडाको बेला समेत नेकपा एमालेको टोलीले पहल र सहयोग गर्दै आएको कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रतिनिधी सभाका उम्मेदवार निरुपालले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको बाढीको कुरा होस् वा सिमा क्षेत्रमा हुने समस्याको बारेमा आफुले संसदमा बुलन्द आवाज उठाएको उम्मेदवार पालले बताएका छन् । केपी सरकारको बेलामा गरेका कामको बारेमा जनताले मुल्यांकन गरेको बताउदै गठबन्ध सरकार आफ्नो कुर्ची बचाउने र बिकास गरे भनेर जनतामा भ्रमपुर्ण कुरा गरि जनतालाई अल्मल्याउने काम भईरहेको उनको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफु कुनै पदमानभएको बेलामा समेत कुतियाकवरमा आएको बाढीको बेला आफुले सक्दो सहयोग गर्दै आएको बताउदै नेकपा एमालेले गरेका कुरालाई नेपाली काग्रेंस लगाएत दलहरुले बङगाएर आफुहरुले बिकासको गरेको जनामानसमा भ्रम छर्ने काम भईरहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको स्थानिय सरकारले र अहिलेको ५ महिनाको स्थानिय सरकारले गरेको कामको जनाताले मुल्यांकन गरेको उनले बताएका छन् । ‘हामीले जनताका हित हुने काम गर्छौ, अरु दल जस्तो युवाहरुलाई बिदेश पठाउने काम गर्दैनौ, यहि माटोमा उत्पादन गर्न प्रोत्साहन गर्ने योजना बनाउछौं’ दोधारा चाँदनी नगरपालिकामा मेयर कशिोर कुमार लिम्बुले भने । नेकपा एमालेलेनै दोधारा चाँदनी नगरपालिका सहित देशको मुहार फेर्ने बताउदै देशमा समृद्धि ल्याउन नेकपा एमालेका उम्मेदवारलाई बिजय गराउन आग्रह गरेका छन् ।

नेपाली काग्रेंसले लामो समय सम्म यस क्षेत्रबाट बिजय भएर गएपनि दोधारा चाँदनीको बिकास नगरेको उनले आरोप लगाउदै नेकपा एमालेको सरकार आए देशमा समृद्धि र बिकास आउन बताएका छन् । भेटघाटमा कञ्चनपुर क्षेत्र नं. ३ (ख) नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्ट संग नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, जिल्ला कमिटि सदस्य खिमा चन्द, दोधारा चाँदनी नगरपािलकामा मेयर किशोर कुमार लिम्बु लगाएत नेता तथा कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img