दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजान्तत्र पार्टीले नेकपा एमाले संग निर्वाचनमा तामेल गर्न तयार भएको छ् । राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनीको आज बसेको नगर स्तरिय बैठकले माथिल्लो तहबाट आएको निर्देशन अनुसार आसन्न संघिय निर्वाचनमा नेकपा एमाले सित तालमेल गरि निर्वाचनमा नेकपा एमालेको उम्मेदवार र आफ्नो उम्मेदवारलाई बहुमतले बिजय बनाउने निर्णय गरेको छ् । राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाहको अध्यक्षमा बसेको बिशेष बैठकले आसन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ (ख) को दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आत्मसाथ तालमेल गरि नेकपा एमालेको उम्मेदवार र आफ्नो उम्मेदवारलाई बहुमतले बिजय बनाउने निर्णय गरिएको राष्ट्रिय प्रजान्तत्र पार्टी शुदुरपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् ।

राष्ट्रिय प्रजान्तत्र पार्टी दोधारा चाँदनीको आजको बिशेष बैठकमा पुर्व माननिय तथा राष्ट्रिय प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य ईन्द्र बहादुर खत्री, राष्ट्रिय प्रजान्तत्र पार्टीका पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार, दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्द, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, महिला संगठनका गिता मिजार, राप्रपा जिल्ला कमिटि उपाध्यक्ष नन्दा खत्री, जिल्ला सदस्य भगीरथ भट्ट, राष्ट्रिय प्रजान्तत्र पार्टी शुदुरपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगाएत राप्रपा नगर पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

बैठकले आसन्न निर्वाचनमा नेकपा एमाले संग तालमेल गरि नेकपा एमालका उम्मेदवार साथै राप्रपाका उम्मेदवारलाई बहुमतले बिजय बनाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन गरेको पुर्व माननिय तथा राष्ट्रिय प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य ईन्द्र बहादुर खत्रीले बताएका छन् । ब्यापक छलफल संग सम्पन्न बैठकमा राष्ट्रिय प्रजान्तत्र पार्टीको तर्फ देखि शुदुरपश्चिम प्रदेश कमिटि संयोजक बिक्रम चन्दको अध्यक्षतामा ११ सदस्यीय आसन्न निर्वाचनको लागी प्रचार–प्रसार समिति गठन गरिएको प्रजान्तत्र पार्टीका केन्द्रीय सदस्य ईन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् । निर्वाचनको तालमेलमा सबै नेता तथा कार्यकर्ताहरु एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ् ।







