दोधारा चाँदनी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख बाट प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारी पाएका नेकपा एमालेका निरुपाल र सुरेन्द्र बिष्टले मतदाता संग भेट गरेका छन् । आज बिहान नेकपा एमाले नेता तथा कार्यकर्ता संग दोधारा चाँदनी नगरपालिका पुगेका प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर बस्ती र बाँसघारी टोलका स्थानिय संग भेट गरेका हुन् । उनिहरुले नेकपा एमालेलेनै दोधारा चाँदनी नगरपालिका सहित देशको मुहार फेर्ने बताउदै देशमा समृद्धि ल्याउन नेकपा एमालेका उम्मेदवारलाई बिजय गराउन आग्रह गरेका छन् ।


नेपाली काग्रेंसले लामो समय सम्म यस क्षेत्रबाट बिजय भएर गएपनि दोधारा चाँदनीको बिकास नगरेको उनले आरोप लगाउदै नेकपा एमालेको सरकार आए देशमा समृद्धि र बिकास आउन बताएका छन् । सुन्दरनगर र बाँसघारी टोलका स्थानिय मतदाताहरुलाई एमालेका उम्मेदवार र नेताहरुले भेट गरेका थिए । स्थानिय मतदाता संगको भेटमा प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारी पाएका नेकपा एमालेका निरुपाल र सुरेन्द्र बिष्ट संग नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष हरिसिंह धनाडी, नेकपा एमाले पोलिट ब्युरो सददस्य राजेन्द्र रावल, एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का लगाएको नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

भेटघाट सकेर फर्के लगत्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट स्थित नेकपा एमालको नगर सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रममा सुन्दरनगर र बाँसघारी लगाएत टोलका ९० जना अन्य दल परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए । प्रबेश गर्नेमा सिता सुनार, उषा सुनार, ललित सुनार, बिमला सुनार लगाएत ९० जना नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले प्रबेश भएका सबैलाई बधाई तथा स्वागत गरिएको थियो ।







