दोधारा चाँदनीमा प्रचञ्ड चण्डीका समाज बिकास नेपालले भोलीबाट रामलिला संचालन गर्ने


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा प्रचण्ड चण्डीका समाज बिकास नेपालले भोलीबाट भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ हिन्दुहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीको पावन असरमा भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको प्रचण्ड चण्डीका समाज बिकास नेपालले जनाएको छ् ।

भोली साँझ भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखलाको बिधिवतरुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाही साँउदले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को पुरानो भन्सार कार्यालयको मैदानमा संचालन हुने रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा बताईएको छ् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाही साँउदले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयमा संचालन क्रममा रहेको आदर्श रामलिला नाट्य श्रंखला संचालन क्रममा रहेको छ् ।


ताजा समाचार

spot_img