नेपाल–भारत सिमा क्षेत्रलाई शान्तीमय र मेलमिलापमय बनाउन आफुले पहल गर्ने उत्तराखण्ड भारत उद्यमसिंह नगरका बिद्यायक भुवन कापडीले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको आमन्त्रणमा रात्रीकालिन रामलिला नाट्य श्रंखला मञ्चनमा आज दोधारा चाँदनी नगरपालिका पुगेका भारतिय बिद्यायक भुवन कापडीले नेपाल–भारत सिमा क्षेत्रमा अपराधिक गतिबिधी रोक्न तथा खुला सिमा सहज तथा शान्तीमय बनाउनमा आफु कटिबद्ध रहेको बताएका छन् ।


नेपाल र भारतको राटी बेटीको परापुर्वकाल देखि रहदै आएको बताउदै सबै मिलेर परापुर्वकाल देखि आएको नाता, सम्बन्धलाई कायम राख्नु पर्नेमा उनले जोड दिएका छन् । उनले सिमा क्षेत्रलाई शान्तीम बनाउन पहल थालेकोमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा देखिदै आपसी मन मुटाव तथा भारतियहरुबाट हुदै आएको कमी कमजोरी न्युनिकरण गर्नेमा बिद्यायक कापडीले प्रतिबद्धता जाहेर गरेका छन् ।


एक दर्जन नेता संग दोधारा चाँदनीका मेयर लिम्बुको आमन्त्रणमा रामलिला हेर्न दोधारा चाँदनी नगरपालिकामा पुगेका बिद्यायक कापडीलाई दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी लगाएत वडाध्यक्षहरुले स्वागत गरेका थिए ।







