दोधारा चाँदनी । ह्वीलर चियरको सहारामा बिश्व यात्रामा हिडेका एक यात्रीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वागत गरेका छन् । मेची देखि महाकाली पुगेका बिश्व ह्वील चियर यात्री सन्देश रम्तेललाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले फुलमाला लगाएर स्वागत गरेका छन् । ईलाममा जन्मेका सन्देश रम्तेल अपांगता भएका ब्यक्ती हुन् । उनि बिश्वको १ सय भन्दा बढी देश यात्रा गर्ने लक्ष्य लिएर पुर्व मेची देखि पश्चिम महाकालीको दोधारा चाँदनी पुगेका हुन् । ह्वील चियरमा नेपालको राष्ट्रिय झण्डा फहराउदै बिश्व यात्रामा उनि निस्केका छन् । खेम जंग राना उनको सहयोगी रहेका छन् ।


अपांगता भएका ब्यक्तीहरु पनि यो संसार धेरै कुरा गर्न सक्छ भन्ने समेत संदेश दिन समेत उनले यात्रा सुरु गरेका बताएका छन् । देशमा भगवान बुद्धको शान्ति फैलिरहोस् भनेर उनले गरेको विश्व ह्वील चियर यात्राको प्रसंसा गरिएको छ् । नेपालको राष्ट्रिय झण्डा सहित भगवान बुद्धको उपदेश बोकर बिश्वभरी शान्तीको सन्देश फैलाउने उनले बताएका छन् । भगवान बुद्धको शान्ति, मैत्री र करुणाको सु–सन्देश फैलाउन आफ्नो यात्रा रहेको सन्देश रम्तेलले बताएका छन् । ह्वीलर चियरको सहारामा बिश्व यात्रामा हिडेका यात्री सन्देश रम्तेललाई आजै बिदाई समेत गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले बिश्व ह्वील चियर यात्री रम्तेलको उच्च प्रशंसा गर्दै ‘प्रेम शान्ती र मेलमिलापको सन्देश’ बोकेको यात्रामा नेपालीहरुको गर्भ भएको बताएका छन् । स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना डम्मर अवस्थी, योजना अधिकृत भान देब भट्ट, अधिकारकर्मी खिमा चन्द लगाएतको सहभागिता रहेको थियो ।







