दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २ कुन्टल बोईलर कुखुरा बरामद गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट असई हिक्मत सिंह बुडालको कमाण्डमा आज बिहान गएको प्रहरी गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको ९० पिस अर्थात झण्डै २ कुन्टल बोईलर कुखुरा बरामद पछि स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।


ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको प्रहरी टोली पुग्दा खुकुराहरु यत्रतत्र छोडेर ब्यापारी भागेको बताईएको छ् । भारतमा सुईको प्रयोग गरि १०–१५ दिनमै बढी बजन गराईएको बोइलरले आम जनताको स्वास्थ्यमा हानिकारक हुने हुदा नेपाल सरकारले भारतबाट अबैधरुपमा भित्र्याउने मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको हो ।


स्थानीय बासिन्दाका अनुसार ब्यापारीहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट अवैध रुपमा भारतीय कुखुरा भित्र्याउने गर्दछन् । भारतबाट कुखुरा भित्र्याउने क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले प्रतिबन्ध लगाए संगै दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट सिमावर्ती भारतिय बजारबाट मासु तथा मासुजन्य पदार्थको आयातमा रोक लगाएको हो । कुखुराको उत्पादन घट्दो अवस्थामा रहेको र बजार भाउ बढ्दै गएको मौका छोपी लुकिछिपी कुखुरा र यसको मासु आयात बढेको व्यवसायीको गुनासो छ् ।







