धान खेती वर्षाले भिजाउदा दोधारा चाँदनीका किसान मारमा : वर्षाले जनजीवन प्रभावित


दोधारा चाँदनी । लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिम सहित दोधारा चाँदनी नगरपालिकाको जनजीवन प्रभावित बनेको छ भने किसानको भित्र्याउन तयार भएको बालीलानीमा नोक्सान पुगेको छ् । लगातारको भारी वर्षाका कारण जलमग्न दोधारा चाँदनी नगरपालिकाका किसानहरुको धान खेती पुरै ढुवाएको छ् भने, काटेको धान पानी ढुवानका कारण नोक्सान भएको छ ।

दोधारा चाँदनी नगरपालिकाका अधिकांश वडा तथा टोल बस्तीका किसानहरुले खेतमा पाकेर भित्र्याउन तयार धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाएर नोक्सान हुन थालेको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का स्थानिय श्रीनाथ बरालले जानकारी दिएका छन् । उनका अनुसार उनको घर नजिकै ६० जना कृषकहरुको धान खेती वर्षाले डुवाएर बिगारेका छ् । उनका अनुसार अविरल परेको पानीले काटेको धान डुवानमा पर्नुका साथै नकाटेको धान समेत क्षति हुन लागेको बताए ।

सुदूरपश्चिम सहित दोधारा चाँदनी नगरपािलकाको वर्षाले जनजीवनमा समेत लगातारको वर्षाका कारण प्रभावित भएका छन् । आज दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर लगाएत गैरसरकारी संस्थाले स्थानिय किसानहरुको धान खेती वर्षाले नष्ट भएको स्थानमा समेत अनुगमन गरेका छन् ।


ताजा समाचार

spot_img