दोधारा चाँदनीका मेयर लिम्बु बिहानै महाकाली र जगबुडा नदीको तटिय क्षेत्रमा

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बुले तटीय क्षेत्रका बासिन्दाको जिउ धनको रक्षाका लागि आफ्नो निरन्तर पहल रहने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने सम्भावना भएको मौसम बिभागले गराए जानकारी संग आज बिहान दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु बिहानै दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको अवस्था बुझ्न त्यता तिर लागेका हुन् । तटिय क्षेत्रका स्थानियबासी संग भेटको क्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बुले तटीय क्षेत्रका बासिन्दाको जिउ धनको रक्षाका लागि आफ्नो निरन्तर पहल रहेको बताएका छन् ।

महाकाली नदी र जगबुडा नदीमा पानीको सतह बढ्ने सम्भावनालाई देखेर बिहानै मेयर लिम्बु महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको निरिक्षण संग स्थानियहरुलाई भेट गरि बाढीबाट सर्तक रहन आग्रह गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट, वडा नं. १० को प्रधान टोल, कुतियकवार, निशाने टोल, शान्ती टोल, अठार नम्वर पिल्लर बस्ती, वडा नं. ८ को सुन्दरनगर लगाएत बाढीको जोखिममा रहेका बस्तीको निरिक्षण गरेका छन् । जोखिम क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन समेत उनले आग्रह गरेका छन् । मौसम बिभागले दिनको जानकारीले स्थानियहरुमा त्रास छाएको हो ।

मेयर लिम्बु आफ्नै घरमा पुगेर अवस्थाको बारेमा जानकारी लिए संग तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुमा खुशी छाएको छ् । बाढी ग्रस्त क्षेत्रमा नदि नियन्त्रणको लागी आफ्नो पहल जारी राख्दै आएको बताउदै मेयर लिम्बुले नदीको सतह कम हुने बित्तिकै तटबन्ध निमार्णको काम अघि बढाउने बताएका छन् । तटिय क्षेत्रका बासिन्दाको जिउ धनको रक्षका लागि आफुले निरन्तर पहल गरिरहने मेयर लिम्बुको भनाई रहेको छ् । बाढीका कारण हुन सक्ने कटान, डुबान आदिबाट हुने क्षतिलाई रोक्न तथा क्षतिको न्यूनिकरणका लागि दोधारा चाँदनी नगरपालिका कार्यालयको तर्फबाट सरोकारवालाहरु संग समन्वय र पहल भईरहेको मेयर लिम्बुले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने सम्भावना देखिएको हुदा दोधारा चाँदनी नगरपालिका कार्यालय सर्तकता अपनाउ थालेको हो । भारत मौसम विज्ञान विभागले समेत सुदूरपश्चिम संग जोडिएको भारतको उत्तराखण्ड राज्यमा अत्यधिक भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सर्तकता अपनाउदै बिपद् ब्यवस्थापन समिति, उद्धार टोली तथा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखेको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् ब्यवस्थापन शाखाका फोकल पर्सन रघुनाथ भट्टले जानकारी दिएका छन् ।

 

ताजा समाचार