महाकाली नदीले कुतियावकर बस्तीका किसानहरुको जग्गा कटानी


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीका किसानहरुको जग्गा कटानी गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीका किसानहरुको महाकाली नदी र जगबुडा नदीले जग्गा कटानी गर्दैै आएको स्थानियहरुले बताएका छन् ।

महाकाली नदीले कुतियाकवर बस्तीका धन बहादुर सुनार, दल बहादुर सुनार, खड्क सिंह बुढा, तुल बहादुर सुनार, ऐन बहादुर सुनार, गगन खत्री, करन बहादुर सुनार लगाएत एक दर्जन भन्दा बढी किसानहरुको जग्गा कटानी गरेको स्थानियबासी टेक बहादुर सुनारले बताएका छन् । केही दिन देखि वर्षा हुन थाले संग स्थानियहरुमा त्रास छाएको छ् ।

गएको कार्तिक महिनामा महाकाली नदी र जगबुडा नदीमा आएको बिकासकारी बाढीले कुतियकवर, अठार नम्वर पिल्लर बस्ती, सुर्खेती टोल, शान्ती टोल, सुन्दरनगरमा ब्यापक धनमालको क्षती बनाएको थियो ।


ताजा समाचार

spot_img