किन बस्दैनन् बडुवाल टोलको फोरवार्ड बेशमा सशस्त्र प्रहरी ?

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा सशस्त्र प्रहरीको क्याम्प भएपनि सुरक्षाकर्मी देखिदैनन् । स्थानियहरुको सुरक्षार्थको लागी सशस्त्र प्रहरी सिमा सुरक्षा बल स्थापना गर्ने उद्धेश्यले सशस्त्र प्रहरीलाई बडुवाल टोलमा स्थानियहरुले क्याम्प निमार्णको लागी जग्गा उपलब्ध गराएका हुन् । सशस्त्र प्रहरी आफ्नो भौतिक पुर्वाधार निमार्ण संगै केही महिना मात्रै सुरक्षाकर्मी क्याम्पमा बसेको थियो । तर अहिले आएर बडुवाल टोलमा रहेको सशस्त्र प्रहरीको फोरवार्ड बेश क्याम्पमा सुरक्षाकर्मी छैनन् ।

जनशक्तीको अभावको कारण बडुवाल टोलमा रहेको फोरवार्ड बेशमा सुरक्षाकर्मी राख्न नसकिएको सुरक्षा श्रोतले जनाएको छ् । बडुवाल टोल भारतिय जंगल संग जोडिएको सिमा बस्ती हो । सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी रोक्न उद्धेश्यले यस भन्दा पहिलेका जनप्रतिनिधीको पहलमा सशस्त्र प्रहरीलाई जग्गा उपलब्धता संगै भवन निमार्ण कार्यमा सघाएका हुन् । जंगली हात्तीको आतंक रोक्न तथा सिमा क्षेत्रमा अपराधिक गतिबिधी रोक्ने स्थानियहरुले सशस्त्र प्रहरी पोष्टले निकै सहयोग गर्ने आशा राखेका थिए । प्रत्येक रात भारतिय जंगलबाट भित्रिने जंगली हात्तीको बथानलाई धपाउन सुरक्षाकर्मीको आभाव श्रजना भईरहेको स्थानियहरुले बताउदै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds