जुत्ता सिलाएरै आर्थिक आम्दानी गर्दै दोधारा चाँदनीका रेशम बादी

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका रेशम बादी हरेक दिन विहान ८ बजे नै घरबाट निस्कन्छन् । उनि सरासर दोधारा चाँदनीको चाँदनी बजारमा जान्छन् । अनि सडकको छेउमै बसेर जुत्ता र चप्पल सिलाउने काममा जुट्छन् । जुता र चप्पल सिलाउने काम नै उनको अहिले परिवार पाल्ने मुख्य आधार हो । उनको यही कामबाट नै ४ जना छोराछोरी सहित चार जनाको परिवार पालिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले उनलाई जुत्ता र चप्पल सिउने कामको लागी औजार उपलब्ध गराईदिए संगै उनको घरमा आर्थिक समृद्धी बढेर गएको हो । घरको आर्थीक अवस्था दैनिय रहेको अवस्थामा संस्थाले.गरिखानको लागी उनको घरजहानको माँग भए बमोजिम जुत्ता र चप्पल सिउनको लागी औजार दिए संगै रेशम बादीको घरमा खुशीयाली छाएको छ् ।

सानो लगानीमा व्यवसाय गरेर अहिले उनले घर खर्च देखि सबै छोराछोरीलाई पढाउने खर्चको जोहो यसै व्यवसायबाट गर्दै आएका छन् । ‘दैनिक रु. एक हजार देखि १२ सय सम्म दैनिक कमाउछु’ रेशम बादीले भने । चाँदनी बजारमा दैनिक जुत्ता र चप्पल सिलाउने ब्यवसाय गर्दै आएका रेशम बादी सानो ब्यवसाय गरेर राम्रो आम्दानी गरेको बताएका छन् । बाबु बाजेबाट सिकेको कामले र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गरेको सहयोगले उनि अहिले आएर परिवारको साहारा बनेको रेशम बादीका धर्मपत्नी सिता बादीले बताएका छन् । भारतका बिभिन्न स्थानमा चाहरेर ज्यालादारी गरि कमाएको पैसाले घर खर्च नचल्ने भएको र आफ्नै घर नजिक जुत्ता र चप्पल सिलाउने ब्यवसायले आफ्नो परिवारमा खाना लाउन मज्जाले पुगेको सिता बादीले बताएका छन् ।

जग्गा नभएर समस्यामा पर्दै आएका रेशम बादीले केही दिन अघि सम्म एक छाक खानाको लागी गाँउ, बस्तीमा चाहेर माँगी खानु पर्ने अवस्था थियो । जुत्ता र चप्पल सिलाउने ब्यवसाय गरेर आम्दानी हुन थाले संगै रेशम बादीका परिवारहरुमा खुशीयाली छाएको छ् । आफ्नो आर्थिक आम्दानीमा सघाएको भन्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई रेशम बादीको घरपरिवारले बिशेष धन्यबाद दिएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds