कला र सस्कृतीलाई जर्गेना गर्दै भावी सन्ततीलाई हस्तान्तरण गर्नु हाम्रो काँधमा : दोधारा चाँदनीका मेयर

दोधारा चाँदनी । दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुले हाम्रो सस्कृती तथा कलालाई जोगाई राख्नु पर्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ खैरेडी टोलमा कालिका मालिका सास्कृतीक संरक्षण समाजले आयोजना गरेको देउडा बिशेष कार्यक्रममा हाम्रो धर्म, कला तथा सास्कृती परम्परालाई जोगाई राख्नु पर्ने बताएका छन् । हाम्रो देश कला–संस्कृति गहना भएको उनले बताएका छन् ।

नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले कार्यक्रममा बताएका छन् । ‘हाम्रो कला र सस्कृतीलाई जर्गेना गर्दै भावी सन्ततीलाई हस्तान्तरण गर्नु हाम्रो काँधमा रहेको छ्’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने– ‘कला, संस्कृति र धर्मको संरक्षण तथा संम्वर्धन गर्न जरुरी छ ।’

असत्य माथि सत्यको बिजय, खराव सोचका बिरुद्ध सहि बिचारको बिजय, असुरहरु माथी ईश्वरीय शक्तिको बिजयको रुपमा परापूर्वकाल देखि मनाउदै आएको बिजय दशमी पर्वको नगरबासीलाई मेयर लिम्बुले शुभकामना दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । उनले सबै नगरबासीलाई बिजय दशमीको शुभकामना दिदै आफ्नो मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरु सक्रिय हुनुपर्ने बताए ।

कालिका मालिका सास्कृतीक संरक्षण समाज दोधारा चाँदनीका अध्यक्ष कल्चे सुनारको सभाध्यक्षता संचालन भएको देउडा बिशेष कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु बिशिष्ट अतिथीमा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, अतिथीमा स्वतन्त्र समुहका नेता भिम कुमाल, वडा सदस्य मानमती भट्ट, देउडिया बिक्रम बिक, हरिना भट्ट लगाएतको उपस्थिती रहेको मालिका आधाभुत बिद्यालयका प्रअ पदम बहादुर सिंहले जानकारी दिएका छन् ।

परम्परागतरुपमा बिजय दशमीको अघिल्लो दिन अर्थात रामनवमी मनाईदै आएको देउडा बिशेष कार्यक्रममा स्थानियहरुको उल्लेखनिय उपस्थिती रहेको छ् । आयोजक संस्था देउडा मालिका सास्कृतीक संरक्षण समाज दोधारा चाँदनीले दोधारा चाँदनीका मेयर, उपमेयरलाई मायाको चिनो समेत प्रदान गरेको छ् ।

ताजा समाचार

This will close in 10 seconds