एमालेलाई अग्रता ल्याउन दोधारा चाँदनीका मेयर लिम्बुको हातमा

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले) बाट स्थानीय तह निर्वाचन जितेका मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधिलाई सम्मान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित हेल्थपोष्टमा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पर्क कार्यालय उद्घघाटन कार्यक्रममा एमालेले उनीहरुलाई सम्मान गरेको छ् । एमालेका पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेश सह इन्चार्ज र कञ्चनपुर इन्चार्ज निरुदेवी पालले टिका र खादा लगाएर सम्मान गरेका छन् । पाँच महिना अघि भएको स्थानीय तह निर्वाचनमा एमालेका निवर्तमान नगर अध्यक्ष लिम्बुले कांग्रेसका सुदूरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल भट्टलाई फराकिलो मत अन्तरले पराजित गरी निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कााग्रेसका नेता बीर बहादुर सुनार सित पराजित लिम्बुले यस पटकलाई ९ सय ३३ मत अन्तरले हराएका हुन् । लिम्बुले ७ हजार १ सय ४ र भट्टले ६ हजार १ सय ७१ मत ल्याएका छन् ।

कांग्रेसले उपमेयर गंगा जोशी सहित वडा नं. १० मात्रै जितेका थियो । एमाले मेयर सहित ६ वडा जितेको थियो । त्यस बाहेक राप्रपा दुई, नेकपा माओवादी केन्द्र र कांग्रेसले एक वडा जितेका छन् । अघिल्लो निर्वाचनमा एमालेले उपमेयर सहित ४ वडा जितेको थियो । एमालले आईतबार सम्पर्क कार्यालय खोलेर आगामी चुनावको तयारी अघि बढाएको छ् । मेयर लिम्बु सहितका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरी एमालेले जनप्रतिनिधीहरुलाई फेरि निर्वाचभभनमा होमिन आग्रह गरेको छ् । दोधारा चाँदनीमा मेयर लिम्बुले एमालेलाई स्थानीय तह निर्वाचनको जित सम्म पुगाएका हुन् । एमालेको आठौं जिल्ला अधिवेशन अघिसम्म उनले लगातार दोधारा चाँदनीको एमाले नगर कमिटीको नेतृत्व गरेका छन् । एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि पनि उनी संयोजक भएका थिए । नेकपा विघटन भएपछि पनि नेतृत्व लिने आकांक्षा राखेका उनी सहमतिमा नेतृत्व चयन हुदा पछि परेका थिए । नगर नेतृत्व लिन नसकेपछि असन्तुष्ट बनेर समानान्तर कमिटी खोलेका उनलाई स्थानीय तह निर्वाचन अघि शान्त पारिएको थियो । त्यसपछि टिकट पाएर चुनाव लडेका उनी निर्वाचित भएका छन् । कञ्चनपुर ३ मा चुनाव जित्न दोधारा चाँदनीको मत निर्णायक हुन्छ । एमालेले त्यसका लागि दोधारा चाँदनीमा पार्टी सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधि अघि बढाएको छ् ।

दोधारा चाँदनीमा पार्टीका बैठक प्रशिक्षण लगाएतका कार्यक्रम यस अघि नै गरिएका छन् । दोधारा चाँदनी सहितको कञ्चनपुर क्षेत्र नं. ३ मा एमालेबाट निवर्तमान सांसद डा. दिपक प्रसाद भट्ट र निरुदेवी पाल टिकटका लागि सिफारिश गरिएका छन् । प्रदेश सभा सदस्यमा भने एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट सर्वसम्मत भएका छन् । दोधारा चाँदनीका १० वडा सहित भीमदत्तका ७ वडा गरी प्रदेश सभा ख मा १७ वडा छन् । एमालेबाट उम्मेदवारका लागि सिफारिस गरिएका दुबै जना यस क्षेत्रमा चुनाव लडि सकेका छन् । डा. भट्ट अघिल्लो निर्वाचनमा कांग्रेसका पूर्व मन्त्री रमेश लेखकलाई हराएर निर्वाचित भएका हुन् । अर्का उम्मेदवार पाल २०६४ को संविधान सभा उप निर्वाचन लडेकी थिईन् । संविधान सभा सदस्य उप निर्वाचनमा माओवादी केन्द्रका कमल क्षेत्री निर्वाचित भएका थिए । प्रदेश सभा सदस्यमा सिफारिश एमाले अध्यक्ष विष्ट २०७४ को चुनावमा भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

उनी यस पटक प्रदेश सभा सदस्यमा लड्न लागेका हुन् । सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका लेखक फेरि चुनाव लड्न लागेका छन् । प्रदेश सभामा कांग्रेसका बेल बहादुर राना वा माओवादी केन्द्रका मान बहादुर सुनार आकांक्षी छन् । अघिल्लो निर्वाचनमा सुनार सित राना चुनाव हारेका थिए । दोधारा चाँदनीमा बलियो राजनीतिक शक्ति मानिएका कांग्रेस र राप्रपालाई पराजित गरी २०७४ देखि एमाले बलियो शक्तिका रुपमा आएको हो । साबिकका दोधारा र चाँदनी गाविसमा २०४९ देखि जित बाहिर थियो । दोधारा चाँदनीका मेयर लिम्बुले चार दशकपछि ती दुबै शक्तिलाई परास्त गरी जित दिलाएका हुन् ।

ताजा समाचार