दोधारा चाँदनीका नगर प्रमुखद्धारा नदीले जग्गा कटानी गरेको क्षेत्रको स्थलगत अनुगमन


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुद्धारा महाकाली नदी र जगबुडा नदीले जग्गा कटानी गरेको क्षेत्रको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकर लगाएत आसपासका बस्तीमा महाकाली नदी र जगबुडा नदीले जग्गा कटानी गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आज स्थलगत अनुगमन गरेका छन् । केही दिन अघि महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले कुतियावकर लगाएत आसपासका क्षेत्रहका स्थानिय किसानहरुको जग्गा नदीले कटानी गर्दै आएको छ् । जगबुडा नदीले जग्गा कटानी गरेको केही स्थानमा जैविक तटबन्ध निमार्ण गरि जग्गा कटानी रोक्न सकिने तथा महाकाली नदीले कटानी गरेको स्थानमा पक्की तटबन्ध निमार्ण गर्नु पर्ने आवश्यकता रहेको स्थलगत अनुगमनको क्रममा देखिएको छ् ।

महाकाली नदीले कुतियाकवर बस्तीका धन बहादुर सुनार, दल बहादुर सुनार, खड्क सिंह बुढा, तुल बहादुर सुनार, ऐन बहादुर सुनार, गगन खत्री, करन बहादुर सुनार लगाएत एक दर्जन भन्दा बढी किसानहरुको जग्गा कटानी गरेको स्थानियबासी टेक बहादुर सुनारले बताएका छन् । महाकाली नदी र जगबुडा नदीले अझै पनि कटानी रोकेको छैन् । नदीले जग्गा कटानी गर्न थालेपछि स्थानियहरुले पिर मान्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली र जगबुडा नदीले जग्गा कटानी गरेको स्थालगत अनुगमन संगै स्थानियहरु संग भेट गरि उनिहरु संग छलफल गरेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रकै बाढी ग्रस्त क्षेत्र भनिएको कुतियाकवर लगाएत आसपासका बस्तीहरुमा किसानहरुको नदीले जग्गा कटानी गर्दै आएको बिषयमा जगबुडा नदी नियन्त्रणको लागी पक्की तटबन्धको काम सुरु हुने दोधारा चााँदनीका लिम्बुले हुने बताएका छन् । केही क्षेत्रहरुमा प्रदेश र संघिय सरकारलाई अनुरोध गरि समस्या हल गर्ने उनले बताएका छन् । भर्खरै आफुहरु निर्वाचित भएर पदमा आएको र बजेट समेत कार्यान्वय नभएको अवस्थामा जनताको समस्यालाई क्रमिकरुपमा सम्बोधन गर्दै जाने मेयर लिम्बुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नदी नियन्त्रण पहिलो आवश्यकता रहेको बताउदै महाकाली नदी र जगबुडा नदी नियन्त्रण कार्य आफुले पहिलो प्राथमिकता रहेको मेयर लिम्बुले बताएका छन् । बिगतमा बाढी आएको बेला स्थानियहरुलाई पदमा नभएको बेला सहयोग गरेको कुतियाकवरबासीले मेयर लिम्बुलाई स्मरण गराउदै अबका दिनहरुमा बाढीपिडितको समस्या मेयर लिम्बुले हल गर्नेमा आफुहरु ढुक्क भएको स्थानियबासी रहेको मोतिराम सुनारले बताएका छन् । बिगतका दिनहरुमा मेयर लिम्बुले कुतियकवर बस्तीमा बाढी आएको बेला सहयोग गरेका थिए ।

 


ताजा समाचार

spot_img