आम निर्माण व्यवसायीको संस्थागत हक हितका लागि काम गर्छु : सचिव पदका उम्मेदवार हेम महरा


कञ्चनपुर : ईन्जिनियर हेम बहादुर महरा निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव पदको दौडमा छन । एकेडेमिक रुपमा ईन्जिनियर अध्ययन गरेका निर्माण व्यवसायी महरा संघको सचिव पदको यात्रामा देखिएका हुन । सिभिलियन विल्र्डसका सचालक एव महरा निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक समेत रहेका युवा सफल निर्माण व्यवसायी महरा संघको सचिव पदमा देखिएका छन । झण्डै डेढ दशकदेखि निर्माण व्यवसायीमा होमिएका महरा निरन्जन प्रशाद भट्टको टिमबाट सचिवका उम्मेदवार हुन । बाबु दामोदर महराको प्रेरणाबाट निर्माण व्यवसायी पेशामा संलग्न भएका महराले अध्ययन, अभिभावकले अंगाल्दै आएको पेशा र अनुभवका आधारमा निर्माण क्षेत्रमा जुटेको बताए ।
एक कार्यकाल सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका महराले आम व्यवसायीका दैनिक जिवनदेखि अन्य पेशागत समस्यामा आईपर्ने समस्या समाधान गर्दै दिगो विकास र सम्बृद्धिमा लागि मर्यादित पेशा बनाउनका लागि सचिव पदको उम्मेबार बनेको बताए । ‘म मेरो शिक्षा, अभिभावकले सम्हालेको पेशा र अनुभवबाट अहिले सचिव पदको जिम्मेबारी लिन चाहन्छु, ‘सचिव पदका युवा उम्मेदवार महराले भने, ‘आम निर्माण व्यवसायीलाई पर्ने समस्यामा साथ दिन्छु ।’ महराले विशेष गरेर ए देखि डी क्लाससम्मका निर्माण व्यवसायीविच राज्यले गरेको विभेद अन्त्य गर्ने आफ्नो योजना रहेको बताए । ‘राज्यले नै हामी निर्माण व्यवसायीविच विभेद खडा गरिदिएको छ, ‘उनले भने, ‘सो विभेद पनि अन्त्य गर्छु ।’ ‘ए’ क्लासका निर्माण व्यवसायीलार्ई १५ महिना माथि र २ करोड माथिका ठेक्का दिईन्छ, ‘उनले भने, ‘सो विभेद हटाउन पहल गर्छु, राष्ट्र बैकको ईन्डेक्सकै आधारमा साना व्यवसायीलाई समेत मुल्यअभिबृद्धि दिलाउन पहल गर्छु ।’
साना व्यवसायीको हकहितका लागि काम गर्ने बताउदै उनले ‘डि’ श्रेणीका निर्माण व्यवसायीसग ईन्जिनियर प्राविधिक जनशक्ति नहुँदा आईपर्ने समस्या समाधानका लागि संघबाट प्राविधिक जनशक्ति उपलब्ध गराउने बताए । महराले व्यवसायिक हकहितका साथै सस्थाको विकासका लागि पहल गर्ने बताए । ‘म संस्थाको विकासका लागि काम गर्छु, ‘उनले भने, ‘त्यसैले सचिव पद रोजेको हुँ ।’ आम निर्माण व्यवसायीका व्यवसायिक समस्या समाधानका लागि पहल गर्दै सहज व्यवसायमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘आम निर्माण व्यवसायीको संस्थागत हक हितका लागि काम गर्छु, ‘उनले भने, ‘एक पटक मलाई सहयोग गरिदिनुहोस ।’ आफुलाई सघाउनका लागि जिल्लाभरी भेटघाट गरेको उनले बताए । सहयोगका लागि महराले आम निर्माण व्यवसायीसंग अपिल गरेका छन । यस अघि पनि निर्माण व्यवसायी संघका पुर्व पदाधिकारीले महरा टिमकै पदाधिकारीलाई सहयोगका लागि आब्हान गरेका थिए ।


ताजा समाचार

spot_img