नेपाली भाषा साहित्यका विराट प्रतिभा प्रथम गजलकार, युवाकवि मोतिराम भट्टको १५७औं जन्म जयन्ती सम्म्पन्न

कञ्चनपुर : सुदुरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली भाषा साहित्यका विराट प्रतिभा प्रथम गजलकार, युवाकवि मोतिराम भट्टको १५७औं जन्म जयन्ती एक समारोह: पुस्तक लोकार्पण, स्रस्टा सम्मान र रचना वाचन गर्दै सम्म्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि किरण थापाले पृथ्वी नारायण शाहले गरेको भौगोलिक एकिकरण लाई नेपाली भावनाको एकिकरण गर्न आदिकवि भानुभक्त आचार्य लिखित नेपाली भाषाको देवनागरी लिपिको रामायणको प्रकाशन गरेर देशलाई अद्वितीय योगदान गर्नुभएको भन्नुभयो।

सुप विश्वविद्यालय भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्रका प्रमुख डा. हरिश्चन्द्र भट्टले साहित्य मनको भाव हो त्यही भावलाई शृंगारिकताले बाध्न सक्नु भएको छ। उनका गजलमा जीवनका सबै रंगहरू पोखिएका छन् भन्नुभयो। उनले आरम्भ गरेको गजल विधा युवाहरूमा देशैभरी फैलिएको भन्नुभयो। महाकवि मनिराज जोशीले नेपाली साहित्यमा कवि खनालको योगदान देश र यस प्रदेशका लागि उत्कृष्ट रहेको बताउदै पेशा र साहित्य सिर्जना संगै लगेर यतिका कृति रचना हुनु प्रेरणाको स्रोत भएको भन्नुभयो। सुदुरका रंगहरू खण्डकाव्यका स्रस्टा बन्धु मेघनाथ खनाल ले सुदुरपश्चिम अब पछ्यौटे मात्र होईन यसका प्राकृतिक सांस्कृतिक सम्पदाको सौन्दर्य रहेको बताउनुभयो। सुप साहित्य समाजका उपाध्यक्ष एवम् गजल मञ्चका पूर्व अध्यक्ष टोपेन्द्र शाह रसिकले नेपाली साहित्यमा युवाकवि मोतिराम भट्ट धेरै विधामा प्रथम हुनुभएको भन्नु भयो। सबैले आफ्नो नामका लागि काम गर्छन तर भानुभक्तिय रामायणको प्रकाशन गरेर भानुभक्तको कृति फिजाउन निस्वार्थ हृदयी युवा कविको योगदान साहित्य र देशका लागि प्रेरणाको स्रोत हुनुभएको बताउनुभयो।No description available.

प्राज्ञ बासुदेव पाण्डेयले बन्धु मेघनाथ खनालको लोकार्पित कृति सुदुरका रंगहरूको समिक्षा गर्दै कवि खनालको प्रसंसा गर्नुभयो। कवि खनाल सुदुरपूर्वको ईलाममा जन्मेर कर्मथलो सुदुरपस्चिमका विविध सुन्दरताको खण्डकाव्यमा साहित्यका रंगहरूले अझ सुन्दर बनाउनुभएको भन्नुभयो। मोतिराम बनारसको बसाईमा भानुभक्त निधन पछि पनि उनका बारेमा भएका चर्चा परिचर्चा भएको सुनेर देखेर उनका बारे थाह पाउने जिज्ञाषाले उनको लुप्त रहेको रामायण पुगेको पनि बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, प्राज्ञ बासुदेव पाण्डेय, महाकवि मनिराज जोशी, सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका भाषा साहित्य तथा सँस्कृति अध्ययन केन्द्रका प्रमुख डा. हरिश्चन्द्र भट्ट, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष भिम बहादुर बलायर, अधिवक्ता प्रेम चन्दले संयुक्त रुपमा साहित्यकार कवि मेघनाथ खनाल बन्धुको ‘सुदुरका रंगहरू’ खण्डकाव्यको लोकार्पण गरे।No description available.

त्यस्तै राष्ट्रीय युवा परिषदले आयोजना गरेको राष्ट्रव्यापी गजल प्रतियोगितामा प्रथम हुने युवा गजलकार समीर ओझालाई बधाई ज्ञापन सम्मान पत्र सहित गरियो। गजलकार सिर्जन श्रीले गजल बहरमा नलेखे पनि लयमा लेखिनुपर्ने भन्दै युवा गजलकारहरूलाई अनुरोध गर्नुभयो। समारोहमा स्रस्टा कवि गजलकाहरू: प्रभाकर भण्डारी, सिर्जन श्री, प्रवीण चन्द, घन प्रकाश जोशी, रमेश सानु ओझा, धर्मराज ओझा, कुश्मा भट्ट, रियल एनालाइसिस, डिल्ली समर्पण, सिद्ध समर्पण, चेतराज भट्ट, सम्मानित गजलकार समिर ओझा, सुनिल खड्का, रूपा स्वार, तोयनाथ भट्ट लगायतकाले सिर्जना वाचन गर्नुभएको थियो। समाजका अध्यक्ष तीर्थराज पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहको संचालन समाजका सचिव तोयनाथ भट्ट स्वागत उपाध्यक्ष रुपा स्वारले गर्नुभको थिए।

ताजा समाचार

This will close in 10 seconds