फेसबुक ‘लभ’ : माया बसेको प्रेमी अपांग र घरमा श्रीमती र छोरा छोरी भएपछि …

दोधारा : सामाजिक संजाल फेसबुकमा माया गरेर एक किशोरी दोधारा चाँदनीमा अलपत्र परेका छिन् । दैलेख घर भएका वर्ष अन्ताजी २२ का सपना बिष्ट (नाउ परिवर्तन गरिएको) ले दोधारा चाँदनी नगरपालिका वडा नं. ९ बस्ने वर्ष अन्ताजी ४४ का रतन बिष्ट संग सामाजिक संजाल फेसबुकमा माया बस्यो । सपना निमाबि तहको अध्यापन अनुमती पत्रको परिक्षा दिन गएको शनिवार नेपालगञ्जमा पुगिन । शनिवार परिक्षा दिएर सपना फेसबुकमा माया गरेका रतन बिष्टलाई फोन सम्पर्क गरिन।

सामाजिक संजाल र फोनमा दिनदिनै सम्पर्कमा बस्दै आएका रतन बिष्ट सपनालाई भेट्न नेपालगञ्जमै पुगे । आफुलाई भारतिय सेनामा कार्यरत गोरखा सैंनिक भन्दै आएका रतनलाई नेपालगञ्जमा भेटेपछि सपनाको सपनानै भयो । आफुले बिगत एक वर्ष देखि सामाजिक संजाल र फोनमा माया गर्दै आएको युवक अपांगता भएका ब्यक्ती रहेको थाहा पाएपछि उनको होसनै गुम्यो । उनले माया गर्दै आएको युवकको जुनपरिकल्पना गर्दै आएकी थिईन, त्यो नभईदिएपछि सपनालाई आफ्नो जिवनमा ठुलै आँधी आए सरह भएको बताउछिन् । ‘पहिलो माया हो, भनेर चित्त बुझाए’ सपनाले भनिन् । माया गरेको मान्छे संग बिहे गर्छु भनेर उनि दुबै जना दोधारा चाँदनी आएको सपनाले बताईन् । घर आउदा सपनालाई अर्को ठुलो झट्का लाग्यो । रतन बिष्टको घरमा श्रीमती र २ छोरा देखेपछि सपनालाई हुनै सम्म पिर पर्यो । उनि भन्छिन्– ‘आफु भारतिय सेनामा कार्यरत गोर्खा सैनिकको जवान भनेर मलाई झुटो बोल्यो, अनि अबिवाहित भन्यो, अपांग भएको पनि कहिल्यै भनेन् ।’ आफुलाई झुटो बोलेर प्रेम जालमा फसाएर दोधारा चाँदनी नगरपालिका सम्म ल्याएर अलपत्रै पारेको भन्दै सपनाले जनप्रतिनिधी, माईती नेपाल, नेपाल प्रहरी, अधिकारकर्मीलाई गुहार लगाएको सपनाले बताएकी छन् ।

आज बिहानै नेपाल प्रहरी, माईती नेपाल कञ्नपुरको टोली तथा अधिकारकर्मीहरुले उनलाई उद्धार गरेका छन् । माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित संजालका संयोजक खिमा चन्दले सपनालाई सामाजिक संजालमा झुटो प्रेम गरेर बिहे गर्छु भनि ल्याएको पाईएको बताएका छन् । ‘सपना अलपत्रै परेको अवस्थामा हामीले उद्धार गरेका हौ’ खिमा चन्दले भने– ‘सपनालाई माईती नेपाल कञ्चनपुरको आबधिक गृहमा पठाएका छौं, उनको परिवारजनलाई जानकारी दिएका छौं ।’ रतन बिष्टलाई प्रहरी नियन्त्रणमा लिएर सपनालाई माईती नेपाल कञ्चनपुरको जिम्मा दिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds