कागती खेतीबाट समृद्ध हुने आशा !


पप्पु गुरुङ्ग, दोधारा । डिसीए नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा कागती खेतीको सुरुवात गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समुहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट बितरण गरिएको हो । जर्का टोल स्थित रहेको एकता कृषक समुहमा आबद्ध किसानहरुलाई ४ सय बढी सुन कागतीका बोट बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । डिसीए नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा रहेको एकता कृषक समुहका किसानहरुलाई ४ सय सुन कागतीको बोट बितरण गरिएको सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

कागतीको बोट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, दोधारा चाँदनी नगरपालिका कार्यालयका कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्ट, पश्ु शाखाका शाखा प्रमुख कृष्ण सिंह साँउद, जिल्ला समन्वय समिति सदस्य चन्द्रवती थापा, एकता कृषक समुहका अध्यक्ष टिका देबी मगर, वडा सदस्य तथा एकता कृषक समुहका पदाधिकारी लगाएतको बाक्लो उपस्थिती रहेको थियो । बिरुवा वितरण कार्यक्रमा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले बलौटे दोमट माटोमा कागतीको बिरुवा फस्टाउने भन्दै दोधारा चाँदनी नगर क्षेत्रमा कागतीको खेतीको निकै सम्भावना रहेको हुदा किसानलाई ब्यवसायी बनाउन सहयोग पुग्ने बताएका छन् । किसानहरुलाई आत्मनिर्भर बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताउदै किसानहरुले ब्यवसायीक तवरबाट कागती खेती गरे मनग्य आम्दानी बन्नेमा आफु बिश्वस्त रहेको वडाध्यक्ष रोकायाले बताएका छन् ।

वार्षिक २६ हजार टन कागती भारतबाट नेपाल आईरहेको छ् । तर नेपालमा करिब डेढ हजार टन मात्र उत्पादन हुने गरेको छ् । बजारमा माँग अत्याधिक रहेकाले कागतीको बजारलाई समस्या नरहेको कार्यक्रममा प्राबिधिकहरुले बताएका छन् । कागती खेतीको मुख्य चुनौती केही नभएको दोधारा चाँदनी नगरपालिका कार्यालयका कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । ‘जति मेहनत गर्न सक्यो उतिनै फाईदा हुन्छ्’ शाखा प्रमुख भट्टले भने । किसानहरुले कागती खेतीको आम्दानीले त्यसै संग जोडेर बाख्रा, माहुरीपालन र बेसार खेती गर्न सकिने कार्यक्रममा बताईएको छ् । ‘एउटा राम्रो कागतीको बोटमा ५ सय देखि एक हजार दाना सम्म फल्छ् । बोट लगाएकै वर्ष ५० देखि २ सय सम्म कागतीले फल दिन थाल्छ् । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्ष सम्म आम्दानी दिन्छ्’ कार्यक्रममा कृषी प्राबिधिकहरुले बताउछन् । समुहमा आबद्ध भएका किसानहरुले प्राप्त गरेको कागतीको बोटबाट राम्रो आम्दानी गर्नेमा आफु ढुक्क भएको नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक आशोक बिक्रम जैरुले बताएका छन् ।

ब्यवसायीरुपमा कागतीको खेती गरेर अन्यत्र स्थानहरुमा राम्रै आम्दानी गरेको उदाहरण दिदै कागती राम्रो संग उत्पादन गरे किसानहरुमा समृद्धि ल्याउनमा दुईमत नभएको कार्यकारी निर्देशक जैरुको भनाई रहेको छ् । कार्यक्रम समापन पछि खेतमा कागतीको बिरुवा रोपिएको छ् । किसानहरुलाई ब्यसायी बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघको (एनएनएसडब्लुए) ले गरेको सहयोगको उच्चरुपमा प्रशंसा गर्दै प्राप्त ४ सय कागतीको बोट एक बिघाह जग्गामा लगाउने तयारी गरिएको एकता कृषक समुहका अध्यक्ष टिका देबी मगरले बताएका छन् ।


ताजा समाचार

spot_img