दोधारा । समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरुलाई पुर्वनुमानमा आधारित बिपद् पुर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आज दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभाकक्षमा समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरुलाई पुर्वनुमानमा आधारित बिपद् पुर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार, प्राविधिक गणेश ठगुन्न्ना, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्याय, शुनिल शेठ्ठी, भावना जोशी लगाएत समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरुको उपस्थिती रहेको थियो । बिपद् आएको बेला समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरुको अहम भुमिका रहने हुदा समितिलाई अझ सशक्त तथा क्रियाशिल बनाएर लैजानु पर्ने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।


गएको कार्तिक महिना आएको बिनासकारी बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. ८, र १० वडा बढी प्रभावित बनेको आफुहरुले बुझेको भन्दै उपमेयर जोशीले बाढी आएको बेला समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरुको कार्य निकै प्रशंसनिय हुदै आएको बताउदै बाढी आएको बेला समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरु अझै गम्भिर भएर मानविय कार्यमा आफ्नो भुमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका बिभिन्न वडामा छरिएर रहेका १३ वटा समुदायमा आधारित बिपद् ब्यस्थापन समितिका ५२ जना प्रतिनिधीको उपस्थिती रहेका नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले बताएका छन् । समुदायमा आधारित बिपद् ब्यस्थापन समितिका प्रतिनिधीहरुले आ–आफ्नो समुदायका भावी योजना, समस्या, कार्यदलको अवस्था तथा उद्धार सामग्रीको अवस्थाको बारेमा छलफल चलाएका थिए ।


समुदायमा आधारित बिपद् ब्यस्थापन समितिलाई आगामी दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयको मातहतमा संचालन गर्ने तयारी समेत भईरहेको कार्यक्रममा बताईएको थियो । वर्षातको समय भएको हुदा जुनसुकै बेलामा समेत महाकाली नदी र जगबुडा नदीमा बाढी आउन सक्ने हुदा समुदायमा आधारित बिपद् ब्यस्थापन समितिहरु सर्तक रहन तथा उद्धार कार्यदललाई तयारी अवस्थामा राख्न समेत कार्यक्रममा जानकारी गराईएको छ् ।







