मानव बेचबिखन तथा ओसार पसार कार्य बिरुद्ध सहकार्यका लागी दोधारा चाँदनीका उपमेयरलाई ज्ञापन


दोधारा । मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित संजालले दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीलाई ज्ञापन पत्र बझाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको उपमेयरको कक्षमा पुगेर सुरक्षित संजालको एक टोलीले ज्ञापन पत्र बुझाएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा रहेको र दलालहरुले खुला सिमा क्षेत्रको कारण सहजै उम्कन सक्ने अवस्था रहेको हुदा सबै सरोकारवाला मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध एक जुट हुनु पर्ने बताईएको छ् ।

बिगतका दिनहरुमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको बताउदै यसलाई अझ सशक्त बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको सुरक्षित संजालका संयोजक खिमा चन्दले बताएका छन् । संयोजक चन्दले यस वर्ष दोधारा चाँदनी नगर क्षेत्रको ग्रामिण भेगहरुमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध बिभिन्न खाले जनचेतनामुलक कार्यक्रम संचालन गर्ने योजना समेत रहेको हुदा दोधारा चाँदनी नगरपालिका कार्यालय, स्थानिय प्रशासन संग सहकार्य गरि अघि बढ्ने तयारी रहेको बताएका छन् । ज्ञापन पत्र बुझ्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले मानव बेचबिखन तथा ओसार पसार रोक्न स्थानिय सरकारको नितान्तै आफ्नै दायित्व भएको हुदा यस्ता कार्यमा आफु र नगरपालिका कार्यालयको सहयोग जहिले पनि रहने बताएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशी, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, कोषाध्यक्ष लक्ष्मी चन्द, सदस्य माया देबी पुन, दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायपालिकाका सदस्य कमला उपाध्याय, वडा नं. ५ का वडा सदस्य तथा न्यायपालिकाका सदस्य सिता देबी बिष्ट उपस्थिती रहेका थिए ।

 


ताजा समाचार

spot_img