दोधारा । दोधारा चाँदनीका उपमेयरले घरमै पुगेर एक अपांग ब्यक्तीलाई ह्विल चियर दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी निवासी पदम सिंह सुनारलाई एक थान ह्विल चियर प्रदान गरेका छन् । जामुनाघारी निवासी पदम बहादुर सुनार अपांग ब्यक्ती हुन् । प्यारालाईस भएको कारण उनि हिडडुल गर्न नसक्ने अवस्थाको रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले पदम बहादुर सुनारको अवस्था थाहा पाए संगै आज उनको घरमा पुगेर उनको दैनिकी सहजताको लागी एक थान ह्विल चियर दिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला उपाध्यायले जानकारी दिएका छन् । यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ८ गिरी टोलका प्यारालाईस भएको कारण उनि हिडडुल गर्न नसक्ने रण बहादुर थापालाई समेत एक थान ह्विल चियर प्रदान गरिएको छ् । ह्विल चियर हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला उपाध्याय लगाएत पदम बहादुर सुनार र उनका जहान परिवार तथा स्थानियहरुको उपस्थिती रहेको थियो । आर्थिक अवस्था दैनिय रहेको सुनारको परिवारले उपमेयरलाई आर्थिक समस्या भएको बेला ह्विल चियर दिएर सहयोग गरेको भन्दै सुनारका परिवारजनले धन्यबाद दिएका थिए । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भौतिक विकास संगै मानवीय क्षेत्रको विकासमा हातेमालो र सहकार्य गर्दै जाने बताएका छन् । ‘नगर क्षेत्रमा पिडामा रहेका जनताको सहयोग गर्नु स्थानिय सरकारको दायित्व हो’ दोधारा चाँदनी नगरपालिकामा उपमेयर जोशीले भने ।







