दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडा नं. १० का वडाध्यक्षले बृद्धबृद्धालाई सुत्नको लागी पलङ बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ण् का वडाध्यक्ष चन्द्र बहादुर सिंहले वडामा रहेको गरिब तथा बिपन्न परिवारका बृद्ध बृद्धाहरुलाई पलङ बितरण गरेका हुन् । वडामा रहेका गरिब तथा बिपन्न बृद्धबृद्धाहरुले वर्षायामको बेला भुईमा सुत्ने पाईएको बताउदै उसिनहरुको लागी पलङ बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । आज उनिहरुको घर–घरमा गएर वडाध्यक्ष सिंहले पलङ बितरण गरेका हुन् । वडा रहेका गौरी सुनार, रंगाली सुनार, रेखा चदारो, गिता देबी सुनार, तुल बहादुर सुनार, नन्दकला सुनार, रत्ने सुनार, पाटु धामी, जौकला ओली र कृपाले ओड गरि १० जनालाई वर्षायामको बेला सुत्न सहजताको लागी पलङ बितरण गरिएको हो । भुईमा सुत्दै आएका बृद्धबृद्धाहरुले सुत्नको लागी पलङ पाएपछि खुशी हुदै वडाध्यक्ष सिंहलाई धन्यबाद दिएका छन् ।







