कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले मुल्य बृद्धि, भ्रष्टाचार र मल अभाव बिरुद्धमा प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका विच राप्रपा कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा कञ्चनपुरकी नेतृ हेलेन श्रेष्ठले किसानले मल नपाएको अवस्थामा सहज मल आपूर्तिदेखि संस्थागत भ्रष्टाचार र मुल्य बृद्धि बिरुद्धमा ज्ञापन पत्र बुझाएको बताईन । राप्रपा कञ्चनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन ।







