दोधाराबाट खुलेयाम महेन्द्रनगर तस्कर भईरहेको मल शसस्त्र प्रहरीद्वारा बरामद


कञ्चनपुर : भारतबाट कञ्चनपुरको दोधाराचाँदनीबाट खुलेयाम निर्वाध रुपमा तस्करी भएर आएको व्यवसायीको मल सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरीले महेन्द्रनगर बजारबाट तस्करीको अवैध मल बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार दोधारा चाँदनीबाट महेन्द्रनगर तिर आएको व्यवसायीको मल बरामद गरिएको छ । सुपप्र ०१००१ ख ३००६ नम्बरको १० चक्के ट्रकमा तस्करी हुन लागेको ७० बोरा अवैध मल सशस्त्र प्रहरीले बरामद गरेर भन्सार चलान गरेका छ । विडम्बना चालक दिपेन्द्र सिह महरा र सह चालक भुपेन्द्र महरा पक्राउ परेका छन ।

पक्राउ परेका महराद्वय बैतडीका हुन । मलका तस्कर भन्दा पनि उक्त तस्करी गराउन प्रयोग भएका मजदुर फन्दामा परेका छन । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रुराज विश्वकर्माले सशस्त्र प्रहरीले अवैध रुपमा चोरी पैठारी भएको मल बराम गरेर भन्सार बुझाएको बताए । ‘दुवै मानिस, ट्रक सहित भन्सारमा छ, ‘उनले भने, ‘कुनै कागजात नभएकाले थप कार्बाही प्रकृया अघि बढ्छ ।’ ट्रकका चालक र सह चालकले उक्त मल बारे मुख नखुलेको प्रमुख भन्सार अधिकृतले बताए ।

दोधारा चाँदनीका विभिन्न स्थानमा सशस्त्र प्रहरी र प्रहरी हुँदा समेत किसानले नपाउने मुल व्यवसायीले ट्रकका ट्रक तस्करी गरेर आउने र भीमदत्त नगरपालिका क्षेत्रका शसस्त्र प्रहरीले अवैध मल बरामद गरेर भन्सार बुझाउनुपर्ने बाध्यता उत्पन्न भएको छ । सीमा क्षेत्रमा दोधारा चाँदनीका सशस्त्र प्रहरीको मलका तस्करसंग मिलोमतो भएकै कारण खुलेयाम बजारमा तस्करीको मल पुगिरहेको चिन्ता व्यत्त गरिएको छ ।


ताजा समाचार

spot_img