प्रेस बिज्ञप्ति


मिति २०७९/२/६

२०७४ साल असार २० गते यस बेदकोट नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भई २०७९ जेठ ५ गते सम्ममा पदमा बहाल रहदा बेदकोटबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनी लगायतले जुन माया, हौसला र साथ समर्थन दिनु भयो, त्यसका लागि सर्वप्रथम म यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद दिदैँ आभार व्यक्त गर्न चाहन्छुँ ।

नेपाली जनताको ठूलो त्याग, संघर्ष एवं जनक्रान्तिद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात राज्य पुर्नसंरचना पछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा मलाई बेदकोट नगरपालिकाको लोकप्रिय मतका साथ नगरको संस्थापक प्रथम (पहिलो) नगर प्रमुख पदमा विजय गराई समग्र नगरबासीको सेवा गर्ने अवसर प्राप्त भएको थियो । यस दौरान आफूले सक्दो प्रयास गरी समृद्ध बेदकोट बनाउने अभियानमा पारदर्शी, निष्पक्ष र समानतामुलक ढंगले लागेको कुरा जगजाहेर नै छ । जनप्रतिनिधि जनताको शासक होइन्, सेवक हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै यस अवधिमा नगर प्रमुख पदमा बहाल रहदाको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छुँ ।

सम्पत्ति विवरण

२०७४ असार २० गते नगर प्रमुखमा निर्वाचित भई २०७९ जेठ ५ गतेसम्ममा पदमा बहाल रहेपछिको सम्पत्ति विवरण ।
अचल सम्पत्तिकोे विवरण
१–बेदकोट नगरपालिका वडा नं. ४ विजयनगर (बगुन) मा पक्की घरसहित ३ बिघा जग्गा सगोलमा रहेको
स्रोत : पैत्रिक सम्पत्ति
२–बेदकोट नगरपालिका–३ दैजीमा ३ कठ्ठा जग्गा र पक्की घर । स्रोत : श्रीमती विन्देश्वरी चन्द (शिक्षिका) को तलबबाट २०६७ सालमा खरिद गरी घर निर्माण भएको ।
३–बैतडी जिल्ला साबिक भौनेली गाबिस (हाल सुर्नया गाउँपालिका) मा ४ ठाउँमा रहेको घर समेत गरी ३८ रोपनी आठ आना जग्गा रहेको ।
स्रोत : पैत्रिक सम्पत्ति ।
सवारी साधन
१– दुई वटा मोटरसाइकल ।
२–एउटा स्कुटी ।
चल सम्पत्तिको विवरण
नगद, सुन, चाँदी
सुन १० तोला
चाँदी ३२ तोला स्रोत: पैत्रिक सम्पत्ति
नगद १५,०००/–
बैंक खाता : एनआइसी एसिया बैंकमा १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा बैंक खातामा रहेको ।

अशोक कुमार चन्द
निवर्तमान नगर प्रमुख
बेदकोट नगरपालिका, कञ्चनपुर


ताजा समाचार

spot_img