कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली काँग्रेसले जितेको छ । एमाले किल्ला भत्काउँदै काँग्रेसका उम्मेदवारद्वय भोजराज बोहरा र तुलसी जोशी निर्वाचित भएका हुन । काँग्रेसबाट प्रमुखका उम्मेदवार भोजराज बोहरा आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका शुशिला सिहलाई दोब्बर मतले पराजित गर्दै मेयरका निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार काँग्रसका बोहराले ३ हजार ३३८ मतको अन्तरले एमालेकी शुशिला सिहलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन । बोहराले ८ हजार ७८ र सिहले ४ हजार ७४०मत ल्याएकी थिईन । यस्तै नेकपा एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९६मत ल्याएका थिए । उप प्रमुखमा पनि काँग्रेसकै नेतृ तुलसी जोशी निर्वाचित भएकी छिन । जोशीले एमालेकीकी पार्वती जोशीलार्ई १ हजार ५२७ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भईन । तुलसीले ७ हजार २५४ र पार्वतीले ५ हजार ७२७ मत ल्याएकी थिईन । यस्तै माओवादी केन्द्रकी हिरा जैसीले ३ हजार ६५२मत ल्याएकी छिन ।

यस अघि ०७४ मा एमालेका उम्मेदवारसंग अहिले निर्वाचित काँग्रेसका बोहरा पराजित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेले बेदकोटमा पमुख, उप प्रमुख सहित ८ वडा जितेको थियो । एमाले फुटेको ठुलो असर बेदकोटमा देखियो । त्यहाँ समाजवादीले १ र एमाले ८बाट २ वडामा खुम्चिएको छ । अघिल्लो पटक माओवादी १ बाट अहिले २, एमालेबाटै फुटेको समाजवादी १, काँग्रेस १बाट ५ वडा जितेको छ । बेदकोट नगरमा १ समाजवादी, २/२ माओवादी एमाले र ५ काँग्रेसले वडा जितेका छन । कुल ३२ हजार ७६०मतदाता रहेको २२हजार ३२९ मत खसेका थिए । ५२ पदका लागि २३८उम्मेदवार चुनावमा लडेका थिए । काँग्रेस प्रमुख र उप प्रमुखमा उम्मेदवारद्वय भोजराज बोहरा र तुलसी जोशीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।







