भारतीय सर्बोच्च अदालतद्वारा सिध्दूलाई १ बर्षको जेल सजाय

धिरेन्द्र भट्ट/कंचनपुर : भारतका चर्चित पुर्व क्रीकेटर तथा पन्जाब कांग्रेसका पुर्व अध्यक्ष नबजोत सिंह सिध्दूलाई रोड रेजको मुद्दामा १ बर्षको जेल सजाय भएको छ। बिहीवार भारतीय सर्बोच्च अदालतले सिध्दू माथी लाएको रोड रेजको मुद्दामा १ बर्षको जेल सजाय सुनाएको हो।

सिध्दू माथी सन् १९८८ मा गुरनाम नामका ब्यक्तिमाथी कुटपिट गरेको आरोप लागेको थियो यसपछी उनको उपचारका क्रममा मृत्यु समेत भएको थियो। पछि भारतको तल्लो अदालतले सिध्दूलाई १ हजारको जरिवाना लागाएको थियो। मृतक ब्यक्तिका परिवारले सन् २०१८ मा सर्बोच्च अदालतमा पुनरावलोकन याचिका दायर गरेका थिए।

ताजा समाचार

This will close in 10 seconds