कृष्णपुर ३ मा एमाले किल्ला भत्काउँदै माओवादीका उम्मेदवार निर्वाचित


कञ्चनपुर: ५ जेठ कञ्चनपुरको कृष्णपुर नगरपालिका ३मा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । कृष्णपुर नगरपालिका ३मा माओवादी केन्द्रका उम्मेदवार खेमराज चौधरी निर्वाचित भएका छन ।
बुधबार सम्पन्न मत परिमाण अनुसार चौधरीले काँग्रेसका रमेश बहादुर ऐरलाई २५१मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । चौधरीले ६८८, ऐरले ४३७ मत ल्याएका थिए । भने एमालेका लक्ष्मण कार्कीले ३५४मत ल्याएका थिए । एमाले किल्लाका रुपमा रहेको कृष्णपुर ३मा यस पटक माओवादी केन्द्रले जितेको छ । ०७४मा यस वडाबाट एमालेले जितेको थियो ।

ताजा समाचार

spot_img