दलित समुदायबाट कृष्णपुर उप प्रमुखकी उम्मेदवार नेपाली भन्छिन, ‘दलितलाई समाजवादीले मात्रै हेरेको छ’


कञ्चनपुर : आशन्न ३ं० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तीन दिन मात्रै बाँकी रहेका छन । राजनीतिक दल आ–आफ्नो चुनावी एजेण्डा लिएर औपचारिक रुपमा चुनाव प्रचारमा जुटेका छन । मंगलबार मध्य रात १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । नेकपा एकीकृत समाजवादीले कृष्णपुरमा उप मेयर दलित समुदायबाट उम्मेदवार अघि सारेको छ । कृष्णपुर नगरपालिका ५ गुलरियाकी स्थानीय मञ्जु नेपालीले आफ्ना एजेण्डा अघि सारेर चुनावमा होमिएकी छिन । व्यवस्थापन संकायबाट स्नातक गरेकी मञ्जुले दलित समुदायबाट ठुलापार्टीले प्रमुख पद नदिएपनि समाजवादीले दलित समुदायबाट दलित समुदाय अघि सारेको बताईन ।

नेकपा एकीकृत समाजवादी समाजवादी सुुदूरपश्चिम प्रदेश सदस्य तथा मेयरका उम्मेदवार सुरेन्द्र बदादुर बमकै पहलमा मञ्जुले टिकट पाएकी थिईन । बमले पार्टीका नेताहरुसंग दलित समुदायबाट उच्च शिक्षा हासिल गरेकी शिक्षित मञ्जुलाई अघि सार्दा सिङ्गो दलित समुदायको उत्थानदेखि दलित समुदायको हकहित हुने भन्दै टिकटका लागि जोडबल गरेका थिए । ‘हाम्रो समाजवादी पार्टीले मलाई उप मेयरमा अघि सारेको छ, ‘उनले भनिन, ‘यो सबै दलित समुदाय र त्यसमा पनि महिलाका लागि सौभाग्य हो ।’ जितेसंगै समाजको सेवा गर्दै दलित समुदायको उत्थान गर्ने बताईन । ‘मैले जिते नगरका सम्पूर्ण उत्पिडित समुदायको हक हितका लागि काम गर्छुृ ।’ अन्य ठुला राजनीति दलले दलित समुदायबाट नउठाएको भन्दै आफुलाई सहयोग गर्न उनले सम्पूर्ण दलित समुदायमा अपिल गरेकी छिन ।


ताजा समाचार

spot_img