धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा एमाले का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि सर्मा ओलिले निर्वाचन आयोगले एमाले सङ्ग कुनै छलफल नगरी कांग्रेस अनुकुल आचारसंहिता बनाएको आरोप लगाएका छन। आइतबार काठमाडौमा एमाले द्वारा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलिले निर्वाचन आयोगले बिगतका निर्वाचनहरुमा आचारसंहिता बनाउदा एमाले सङ्ग परामर्श गरेर निष्कर्षमा पुग्ने गरेको स्मरण गराउदै यो पटकको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले एमाले सङ्ग कुनैपनि किसिमको परामर्श नगरी कन सबैले मान्नैपर्ने आचारसंहिता बनाएको स्पष्टी दिनुभयो।

‘जनताले मान्नुपर्ने कानुन जनता र जनताका जनप्रतिनिधि बाट निर्मित हुन्छन तर निर्वाचन आयोगले गठबन्धन बाहेक अरुसङ्ग परामर्श गरेन,’ उनले भने, ‘ निर्वाचन आयोगले उपस्थित थुप्रै दलहरु समक्ष तपाइहरु हस्ताक्षर गरे गर्नुस् नगरे नगर्नुस तपाईंहरूले हस्ताक्षर नगरे पनि निर्वाचन आयोगले जारी परेपछि आचारसंहिता पालना गर्नैपर्छ भनेर निर्वाचन आयुक्तले जवाफ दिएपछि हाम्रो दलले परामर्श नगर्ने केही नगर्ने पालना तपाइले गर्नैपर्छ भन्ने जवाफ आएपछि त्यहा हस्ताक्षर गर्नुपर्ने र सहमति जनाउनु पर्ने आवस्यकता नरहेपछी एमाले ले हस्ताक्षर गरेन।’

ओलिले चिन्हमा रङ्ग को विषय उठाउदै निर्वाचन आयोगले आचारसंहिता बनाउने क्रममा कांग्रेस सङ्ग मात्र परामर्श गरेको हुनाले कांग्रेस को चुनाव चिन्ह हरियो छ भनेर एमालेको चुनावी चिन्ह सुर्यलाई पनि हरियो आकार दिएर मतपत्र निर्माणको काम गरेको भन्दै असन्तुष्टि जनाए। उनले, ‘राजनीति दल भनेको कांग्रेस मात्रै हो नेपालमा?’ निर्वाचन आयोगले कांग्रेसको अनुकुल आचारसंहिता निर्माण देखि लिएर निर्वाचन गतिविधि थालेको आरोप लगाए।







