भीनपा वडा नम्बर ८ मा रहेका विकासमुखी हरेक समस्या समाधान गर्ने छु: गठबंधन का उम्मेदवार जोशी


कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ मा गठबंधन सहित चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन् । माअाेवादी र एकिकृत समाजवादी पार्टी गठबन्धनबाट उम्मेदवार माधव प्रसाद जोशी वडा अध्यक्ष पदको उम्मेदवार छन् । चुनाव चिन्ह हसिया हतौडा मा मत मागि रहेका जोशी भन्छन् तिब्र गतिमा यहाँको विकास र व्यवस्थित हुुनुपर्ने थियो त्यो भएको छैन । मैले वडालाई व्यवस्थित रुपमा स्थापित गरेर नमुना वडा को रूप मा विकास को अवधारणामा अगाडि बढाउन आवश्यक आधारशिला को योजना बनाएका छु ।

अध्यक्ष पदमा निर्वाचित भएमा वडामा रहेका विकासमुखी हरेक समस्या खाका तयार गरि समस्या समाधान गर्ने किसानलाई सहजै मल खाद विउ विजन उपलब्ध गराउने हो । युवा युवतीहरुलाई सिपमुलक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने छु । वडालाई व्यवस्थित बनाएर संस्थागत विकास गर्दै प्रविधि सुहाउँदो सुचना प्रणालीको विकास गर्ने छु । नागरिकले पाउनुपर्ने आधारभूत सेवामा सबैको पहुँच अभिवृद्धि गर्ने छु । जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घर दैलोमा उपलब्ध गराउने छु । स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने कुरा मेरा प्रमुख प्राथमिकता हुनेछन् । जनता को समस्या छनौट गर्ने छु । त्यस कारण म प्रति व्यापक रुपमा जनलहर बढेको छ । अन्य पार्टीले उठाएका उम्मेदवार भन्दा म अब्बल भएका कारणले गर्दा वडामा चुनाव जित्ने निश्चित भएको छ ।


ताजा समाचार

spot_img