दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार बाट पुरस्कृत


कञ्चनपुर : पर्बत जिल्ला निबासी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भइ उत्कृष्ट अभियन्ता हुनुभएको छ । आचार्य आइटी विषयमा अध्ययनरत हुनुहुन्छ । समाजका विकृति र विसङगति सुधार्ने र सुचनाको मौलिक हकलाई नागरिक समक्ष पुर्याइ ससक्त चेतना फैलाउने कार्यमा देशकै कान्छी पुरस्कृत सुचना अभियान्ता हुनुहुन्छ । बाल मनोविज्ञान मस्तिष्क बाटै समाज परिवर्तनको लागि केही गर्नु पर्छ भन्ने भावनाका साथ सुचनाको हकको लागी कार्य गरेकी छन । राष्ट्रिय सुचना आयोगले अायोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनबाट उत्कृष्ट अभियान्ताको पुरस्कार प्रदान गरिएको छ ।

नगद सहित प्रमाण पत्र र खादाले सम्मानित अाचार्य गण्डकी प्रदेशमै पहिलो महिला र नेपालमै सबै भन्दा कान्छी उमेरकी सुचना अभियान्ता भएकी छन । नेपालको संविधानले मौलिक हकको रुपमा स्थापित गरेको सुचनाको हक पाउने अधिकार धारा २७ को सफल कार्यन्वयन गराउन विभिन्न सरकारी र गैरसरकारी निकायमा गरि १००० भन्दा बढी सुचनाको माग गरेको कारण विभिन्न निकायले सुचना नागरिकलाई दिनु पर्छ भन्ने मान्यता पछिल्लो समय स्थापित भएको छ । उहाँको सुचनाको हकलाई नागरिक समक्ष पुर्याउने अतुलनीय देनलाई राष्ट्रिय सुचना आयोगले विनय कसजु उत्कृष्ट सुचना अभियान्ता को रुपमा पुरस्कृत गरेको हो । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा सूचना अभियन्ता पुरस्कृत प्रदान गरेको छ । आयोगले आफ्नो स्थापना दिवसको अवसर पारेर ५ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पनि पुरस्कृत गरेको हो ।

सूचना मागकर्ताले माग गरेको सूचना र त्यस्को गम्भीर्यताका आधारमा उपलव्ध गराएको सूचना र सोको मुल्यांकन गरी देशैभरीबाट उत्कृष्ट सूचना अधिकारीका रुपमा चौदण्डीगढी नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदार,व्यास नगरपालिकाको निबर्तमान सूचना अधिकारी गोकर्णराज वाग्ले,जिसस बाग्लुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा,कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी इन्जिनियर निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्याल लाई पुरस्कृत गरेको हो । उपराष्टपति भवन मा भएको कार्यक्रम मा उपराष्टपति नन्दकिशोर पुन प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचनाको हकका लागि राष्ट्रिय महासंघ का केन्द्रीय अध्यक्ष उमिद बागचन्द बोल्नुभएको थियो । भने पुरस्कार उपराष्टपति को हातबाट बितरण भएको थियो ।


ताजा समाचार

spot_img