शुक्लाफाँटा: नामले बहादुर सिंह महरा साच्चीकै कामले पनि ‘बहादुर’ छन । उनी आसन्न स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ का अध्यक्ष पदका उमेदवार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतको अन्तरले प्रतिस्प्रधिलाई हराउदै विजय भएका वडा अध्यक्षको चर्चा नगरमा सबै तिर हुने गरेको छ । उनले शुक्लाफाँटा नगरपालिकाले गरेका कयौ नितिगत तथा आर्थीक अनिमियतताका विरुद्धमा कार्यपालिका भित्र र सडकमा समेत विरोध गरेका थिए । भष्ट्राचार र अनिमियतताका विरुद्धमा खुलेरै उनले विरोध गर्दै आफ्नो वडामा विकास र सुशासनमा उदाहरणीय कार्य गरेका छन् । बहादुर सिंह महरा नेकपा (माओवादी केन्द्र)को तत्कालीन जनमुक्ती सेनाबाट पार्टी राजनितीमा आएका हुन ।

वडा नं. ८ मा नयाँ पर्यटकीय गन्तव्य बतासे झरना, फराकिला सडक् निर्माण, सुशासन र वनबातावरण संरक्षण लगायतका कयौ विकास कार्य गरेका छन् । विकास र सुशासनका लागि नगर भरीका जनताले उनलाई उदाहरणीय नेता र जनप्रतिनिधिका रुपमा चिनेका छन् । २०७४ सालको सस्थानीय सरकार बनेपछि सबैले आफ्ना चुनावी प्रतिबद्धतामा सामुदायिक पशु चौपाया नियन्त्रणको मुद्दा समाधन गर्ने भने पनि स्थानीयहरुको आन्दोलन हुदाँ सम्म कसैले आँट गर्न नसकेको समस्या तत्कालै समाधान गरी सामुदायिक पशुचौपायाहरुको दिर्घकालीन समाधान गरेका थिए । वडामा पहिलो पटक निर्वाचित भए पछि उदाहरणीय र जन पक्षिय कार्य गरे वाफत उनी निकै जन प्रिय बनेका छन् । वातावरण संरक्षणका क्षेत्रमा वडा अध्यक्ष महराले पु¥याएको योगदान वाफत राष्ट्रिय स्तरको पुरुस्कार पाएका छन् । जनताका पक्षमा गरेका कामले उनलाई नगर क्षेत्रका सबैले पुनः निर्वाचित हुने विश्वासमा चासोका साथ हेरीरहेका छन् ।







