दोधारा चाँदनीका स्वतन्त्र उम्मेदवार कुमालः ठुला दललाई चुनौती दिँदै जनताको मनमा बस्न सफल हुनेछौ


महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमालले ठुला दललाई चुनौती दिँदै जनताको मनमा बसेर १० वटै वडामा विजय हासिल गर्ने बताएका छन् । उनको समुहले ठुला राजनीतिक दलका प्रमुख उम्मेदवारलाई चुनौती दिईरहेका छन् । भीम कुमाल समुहले जनताहरुको समस्यालाई समाधान गर्न आफनो समुहले रातदिन प्रचारप्रसारमा होमिएको बताए । उनले आफुले विगतमा समुदायमा गरेको सामाजिक कार्य पनि जनतालाई सम्झाएका छन् । कोरोनाकाल होस वा महामारीदेखि वाढि आएको बेलामा आगलागी होस वा जनतालाई आफनै खर्चबाट गरेको उपचार होस, आफु जनताको घरदैलोमा विगतका दिनमा पनि पुगेर सामाजिक सेवा गरेको र यसै सहयोगी भावनाले जनताले आफनो टिमलाई माया गरेर साथ दिने उनले बताए ।

No description available.

स्थानिय लक्ष्मि खडकाले मेयर पदका उम्मेदवार कुमालले विगतका दिनमा पनि समाजमा आई परेका विभिन्न समस्या समाधान गर्नको लागि कुमाल सदैव अगाढी आएर समाधान गर्ने भएकाले अबको चुनावमा उनैलाई साथ दिने बताईन् । दोधाराचाँदनी मेयरका स्वतन्त्र उम्मेदवार भीम कुमालले आफुले राज्यबाट पाउने कुनैपनि सुविधा नलिने बताए । ‘मैले राज्यबाट पाउने पुरै सुविधा दिदैन, ‘उनले भने, ‘नगरका गरिब विपन्न समुहका लागि खर्च गर्छु ।’ मेयरले पाउने सुविधाको छुट्टै कोष खडा गरेर गरिब असाहयका लागि सेवा गर्ने कुमालले एजेण्डा अघि सारेका छन ।

No description available.

कुमालले नगरका १० वटै वडाको एकीकृत विकास, महाकाली जोगबुढाको तटबन्ध निर्माण, अधुरो सुख्खाबन्दगवाह निर्माण, मध्यवर्ती क्षेत्र हटाउने, सीमा सुरक्षा, कृषिको विकास, शिक्षा स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार निर्माण, गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, मलखादको समस्या समाधान गर्ने, रसायनीक मल विस्थापित गर्ने योजना अघि सारेका छन् । व

डा नम्वर ९ का स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवार शान्ता क्षेत्रीले आफुलाई विगतमा एमाले पार्टीले आफनो सहि मुल्यांकन नगरेको अवस्थामा आफुले पार्टी परित्याग गरी स्वतन्त्रबाट आफुले वडा अध्यक्ष पदमा उम्मेदवार दिएको बताईन् । महिलाहरुको हक अधिकार तथा स्वरोजगार सिर्जना गरी उनिहरुलाई आयआर्जनमा वृद्धी गर्न आफनो उम्मेदवारी दएको उनको भनाई रहेको छ ।


ताजा समाचार

spot_img