मैले रामचन्द्र जि सङ्ग प्रधानमन्त्री पदको लागि आग्रह गरेको थिएन: प्रधानमन्त्री देउवा


धिरेन्द्र भट्ट/कञ्चनपुर : मैले रामचन्द्र जि सङ्ग प्रधानमन्त्री पदको लागि आग्रह गरेको थिएन: प्रधानमन्त्री देउवा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सेर बहादुर देउवाले आफुलाई प्रधानमन्त्री पद चाहियो भनि रामचन्द्र पौडेल सङ्ग कुनै प्रस्ताव नराखेको बताएका छन। मंगलवार नेपाल विद्यार्थी संघको बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफुले पौडेल सङ्ग प्रधानमन्त्री पदको लागि कुनै आग्रह नगरेको र सबै पार्टीका साथिहरुले आफुलाई प्रधानमन्त्री बन्न भनी आग्रह गर्दा मैले उहाँहरुको आग्रहलाई कदर गर्दै प्रधानमन्त्री पदको जिम्मा सम्हालेको समेत देउवाले स्पष्ट पारे।

अहिले गठबन्धनले गर्दा गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री, बाग्मती प्रदेश मन्त्रिमण्डल र सुदूरपश्चिमको सरकारमा समेत कांग्रेस सरकारमा रहेकोले आफु प्रती असन्तुष्ट ब्यक्तिहरुलाई आफु कुन ठाउँमा चुकेको भनी प्रश्न समेत गरे। कांग्रेसलाई बलियो बनाउने जिम्मा आफ्नो मात्रै नरहेको र कांग्रेस हाक्ने अबको पुस्ता भनेको ने बि संघ बाटै हुने बिश्वास दिदै देउवाले नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रतेक, क्याम्पस, विश्वविद्यालय स्तरबाटै कांग्रेस निकट विद्यार्थी तथा भातृ संगठनहरुलाई बलियो बनाइ कांग्रेसलाई फेरि एकपटक ठूलो पार्टीको रूपमा स्थापित गर्ने तर्फ लाग्न आग्रह गरे।

‘कांग्रेस पार्टीलाई मैले सरकारमा ल्याउनु नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ प्रधानमन्त्री भएर मैले पार्टीको अहितमा काम गरेको छैन, झन रामचन्द्र जि ले मलाई धन्यवाद र बधाई दिनुपर्ने हो,’ प्रधानमन्त्री देउवा। त्यस्तै उहाँले अहिले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको समेत उल्लेख गर्दै अहिलेको संविधान अनुसार कुनैपनि एउटै पार्टीको बहुमतको सरकार बन्न सक्ने स्थिती नरहेकोले सबै गठबन्धनका साथीहरूलाई आ-आफ्नो ठाउँबाट गठबन्धन विरुद्ध भइरहेका गतिविधिलाई रोक्न आग्रह समेत गर्नुभयो।


ताजा समाचार

spot_img