दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न

पदम महता/साउदी :  एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर १५ अप्रैल २०२२ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट दम्माममा ३ सय ९६ जना आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका छन्। उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी २१ मार्च २०२२ र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरणका लागी नेपाली दूतावास रियाद बाट हेमन्ने आचार्य सहित दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ३ सय ९६ जनाको राहदानी वितरण गरिएको छ।

No description available.

उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवान संगै सहजीकरणका लागी नव निर्वाचित एनआरएनए आईसीसी मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका कार्यवाहक अध्यक्ष रविना अर्याल, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका अध्यक्ष विष्णु भण्डारी, उपाध्यक्ष पदम महत, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, गायतका पदाधिकारीहरू, हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल, कासिन्द्र पासमान लगायतका अन्य पदाधिकारीहरूको उपस्थिति रहेकोगैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले जनाएकाे छ ।No description available.No description available.No description available.No description available.

 

ताजा समाचार

This will close in 10 seconds