लागु औषध सहित एक युवक पक्राउ


कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सोमबार लागु औषध सहित मानराम धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मार्मा २ दार्चुला बस्ने मनिस भनिने मानराम धामीलाई लागु औषध सहित पक्राउ गरिएको छ ।

धामीलाई शुक्लाफाँटा नगरपालिका ६कसरौल क्षेत्रबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । धामीको साथबाट १किलो ४२२ग्राम लागु औषध चरेश सहित पल्सर मोटरसाईकल बरामद गरिएको छ । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका लागि तस्कर, प्रयोगकर्ता समुहमाथि निरन्तर अभियान चलाउँदै आएको छ ।


ताजा समाचार

spot_img